गढी २ नम्बर वार्ड कार्यालयले निजी जग्गामा डोजर चलाएको प्रति पीडित आक्रोसित

फाल्गुन २१ गते । गढी गाउँपालिका २ नम्बर वार्ड कार्यालयले निजी जग्गामा डोजर चलाएको प्रति पीडित परिवारहरु आक्रोसित बनेका छन् ।


आइतबार गढी गाउपालिका २ नम्बर वार्ड अन्तर्गत थान्दारटोलमा वार्ड अध्यक्ष प्रभाकर मांझिले सडक विस्ताको नाममा नागरिकको निजी सम्पती कव्जा गर्न नपाइने भन्दै गर्दा पनि डोजर चलाएको पिडित नरसिंह थान्दारले बताए ।


निजी सम्पतीमा बिनापुर्जी गुण्डागर्दी शैलिमा डोजर आतंक गरिएको नरसिंह थान्दारको आरोप रहि आएको छ ।
त्यस्तै उनीहरुले बाटो बनाउने नाममा आफुहरुको निजिघर जगा लाइ डोजर चलाई चल अचल सम्पति मासी बाटो देखि पुर्बरहेको ऐलानी सडक अतिक्रमित घर हरु नभत्काई निजि सम्पति मासेको आरोप लगाएका छन् ।


पिडित नरसिंह थान्दार, इन्द्रकान्त थान्दारले वार्ड अध्यक्ष प्रभाकर मांझि असफल भएको र लोकप्रियताका लागि डोजर आतंक फैलाइएको बताए ।
पिडित नरसिंह थान्दार, इन्द्रकान्त थान्दारले आफुहरु अन्याईमा परेको भन्दै न्याईका लागि उच्च अदालत बिराटनगर जाने जानकारी दिए ।


सोहि बिसयमा गढी गाउँपालिका २ नम्बर वार्ड अध्यक्ष प्रभाकर मांझि संग बुझ्दा ढोकापुल सुक्रबारे हाट देखि गढी गा. पा. धनपुरी दुहबी सडक आयोजना कोशी प्रदेश सरकार बाट २०७८ सालमै टेन्डर लागि सकेकोमा ४० फिटे बाटो साइड अतिक्रमण नहट्दा बजेटनै फ्रिज हुने अवस्था आएपछि वार्ड कार्यालयले सहजीकरण गरेको बताए । वार्ड अध्यक्ष मांझिले तोकेको समयमा संरचना खाली नगरिएपछि डोजर लगाएर भत्काउन सुरु गरिएको बताए ।
वार्ड अध्यक्ष मांझिका अनुसार उक्त बन्नै बाटोमा बनेका संरचना हटाउन १ महिना अगावै सुचना जारि गरिसकेको जसमा बीच बाटोको बिन्दु बाट दुवै तर्फ बराबरी बिस–बिस फिट साइड क्लियर गर्ने स्थानीयहरु संग सहमति अनुसारनै कायम गरिएको माँझीले दाबि गरेका छन् । साथै माझिले आफुप्रति लगाएकोको आरोप निराधार रहेको बताए ।