गढी पालिकामा प्रमुख प्रशासकीय अधिकृतमा दिल बहादुर खड्का

सुनसरीको गढी गाउँपालिकामा दिल बहादुर खड्काले प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालेका छन् ।

गाउँपालिकाकै लेखा शाखा प्रमुखको जिम्मेवारी सम्हाल्दै आएका खड्काले बुधबार प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालेका हुन् ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको फागुन १४ गतेको पत्राचार अनुसार प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालेको पालिकाका अध्यक्ष आश नारायण चाैधरीले बताए ।

यसअघि सो पदको जिम्मेवारी प्रमुख प्रशासकीय अधिकृत सम्भु पाैडेलले सम्हालेका थिए ।उनको संवत: अवकाशप्राप्त भएपछि गाढी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत बिहिन भएका थिए ।
संघिय मामिला तथा सामान्य प्रशासन  मन्त्रालयले मिति २०८०/११/१४ गतेकाे चलानी नम्बर १६४० अनुसार आर्थिक कामकाज अनुभवी रहेका खड्कालाई प्रशासनीक कामकाजको जिम्मेवारी दिएपछि स्थानीयवासीहरूमा  खुसयाली छाएको छ । वहाँ अनुभवी हुनुहुन्छ साथै कुशल, अधिकृतको रुपमा चिनिनु हुन्छ । वहालाई यस दुहबी टाईम्सको तर्फबाट धेरै धेरै बधाई तथा सफल कार्यालका लागि हार्दिक शुभकामना ।