न्यायीक समिति बर्जुमामा जग्गा किचोला सम्बन्धी मुद्धा बढी

फागुन ११ गते । सुनसरीको बर्जु गाउँपालिका न्यायीक समितिमा जग्गा किचोला सम्बन्धी बढी मुद्धा आएको जनाएको छ ।


स्थानीय तहमा न्यायीक समितिले काम गर्न थालेकोले विभिन्न किसिमका उजुरी तथा निवेदनमा आउने क्रममा जग्गा किचोला सम्बन्धी बढी मुद्धा आएको समितिका संयोजक एवम् गाउँपालिका उपाध्यक्ष नितु कुमारी चौधरीले जानकारी दिनुभएको छ ।


चालुु आर्थिक वर्षको सात महिनामा ३२ थान मुद्धा दर्ता भएकोमा त्यसमा एक तिहाई अर्थात ११ थान जग्गा किचोला सम्बन्धी मुद्धा आएको चौधरीले जानकारी दिनुभयो ।
समितिमा घर र अन्य र्षिशकमा ६ थान, घरेलु हिसाँका एक थान, लेखदेन सम्बन्धी १३ थान मुद्धा दर्ता भएको त्यसमा २० थान मुद्धा फर्चौट भएको चौधरीले बताउनुभयो । न्यायीक समितिमा आर्थिक वर्ष २०७९।०८० मा ५४ थान मुद्धा आएको थियो ।
न्यायीक समितिमा जग्गा किचौला, लेनदेन, बाटोघाटो, गाली बेईज्जती, घरेलु हिसाँ, अंश मुद्धा, कुटपीट लुटपित, बाली सम्बन्धी र घर बनाउन रोक्का सहितको शिर्षकमा मुद्धा आएको जनाएको छ ।