वार्ड सचिब राजेश थापालाई पारिवारिक शोक

फाल्गुन ७ गते । नेपाली कांग्रेसका दुहबी  वार्ड ६ का सचिब राजेश थापालाई पारिवारिक शोक परेको छ ।


वार्ड सचिब राजेश थापाका दाइ बिनोद थापाको आइतबार बिराटनगर अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।
उनले सामाजिक सञ्जालमार्फत दाइको निधनले आफु एक्लो भएको उल्लेख गरेका छन् ।


मिर्तक बिनोद थापाको पार्थिव सरिरमा सोमबार नेपाली कांग्रेस दुहबी ६ का बुथ सभापति राजेश रौनियार,दुहबी नगरपालिका वार्ड ६ का अध्यक्क्ष घनश्याम हलुवाई, दुहबी नगरपालिका वार्डन ४ का अध्यक्क्ष मुस्तकिम मिया लगायतकाले पार्टीको झण्डा ओढाई श्रदान्जली अर्पण गर्दै दुःख व्यक्त गरेका थिए ।


दुहबी नगरपालिका वार्डन ६ का अध्यक्क्ष घनश्याम हलुवाईले असल अभिभावक गुमाउनुपर्दा पार्टी र समाजलाई अपूरर्णीय क्षति पुगेको बताएका छन् ।
मिर्तक बिनोद थापाको आजै चतरा अवस्थित कोशीमा अन्तेस्ठी गरिएको परिवार स्रोतले जनाएको छ ।