बदलिएको कांग्रेस , बलियो कांग्रेस को लागी सार्थक प्रस्ताव

अबुल हुसैन अंसारी

बदलिएको कांग्रेस , बलियो कांग्रेस को लागी सार्थक प्रस्ताव :- भ्रष्टाचार मुक्त र सुशासन युक्त देश । बदलिएको कांग्रेस , बलियो कांग्रेस । भ्रष्टाचार नियन्त्रण र सुशासन कायम आज मुलुकको पहिलो आबश्यकता हो ।

यसको लागी नेपाली कांग्रेसले कठोर र गम्भीर निर्णय गर्नै पर्दछ । आजको राजनीतिक , सामाजिक र आर्थिक चुनौती को सामना गर्दै नेपाली कांग्रेस पार्टी संगठन लाई थप सशक्त रूपमा अगाडि बढाउन नेपाली कांग्रेस को बिधान संशोधन गर्दै अगाडि बढ्नु पर्ने देखिन्छ । कांग्रेसले अब आफुलाइ राजनीतिक , सैधान्तिक , बैचारिक र सांगठनिक नवीनताका साथ अगाडि बढाउन जरुरी छ । नेपाली कांग्रेसले आफ्नै नेतृत्वमा बनाएको संबिधान र ल्याएको परिवर्तन संघीय लोकतान्त्रिक गणतन्त्र को संरक्षण र सम्बर्द्धन गर्ने प्रमुख दायित्व र जिम्मेवारी पनि नेपाली कांग्रेस कै हो । जनतामा देखा परेको निरासा र आक्रोश अन्त्य गर्दै नेपाली कांग्रेसले आबश्यक परे संबिधान संशोधन गरेर अगाडि बढ्नको लागी आबश्यक नेतृत्व लिनु पर्दछ ।

भ्रष्टाचार नियन्त्रण र सुशासन अभियानमा नेपाली कांग्रेस :- १. भ्रष्टाचार विरुद्ध नेपाली कांग्रेस निर्मम रुपमा प्रस्तुत भै भ्रष्टाचार नियन्त्रण र सुशासन मा अब कांग्रेसले नेतृत्व दायी भुमिका खेल्नै पर्दछ । २०६२/६३ आन्दोलन पश्चात गणतन्त्र आएपछिका सबै सरकार प्रमुख र सदस्य प्रधानमन्त्री र मन्त्रीहरु तथा उनका परिवार , उच्च पदस्त सरकारी कर्मचारी तथा उनका परिवार हरुको सम्पत्ति छानबिन गर्ने र अकुत सम्पत्ति जफत गर्ने आट र हिम्मत अब नेपाली कांग्रेसले गर्नै पर्दछ । पार्टी को बिधान संशोधन गर्ने प्रस्ताव :- २ . सबै केन्द्रिय पदाधिकारी र सदस्यहरु आ आफ्नो निर्वाचन क्षेत्र बाट नै महाधिवेशन प्रतिनिधि निर्वाचित भएर आउनु पर्ने । ३. नेपालको संबिधान अनुसार सबै क्लस्टरको प्रतिनिधित्व सुनिश्चित गर्दै उमेर समुह बाट केन्द्रिय समिति लागायत सबैतहका कार्यसमिति मा प्रतिनिधित्व सुनिश्चित गराउने । २० – ४० बर्ष उमेर समुहबाट – ३० % ४०- ६० बर्ष उमेर समुहबाट – ३० % र ६० – ८० बर्ष उमेर समुहबाट – ४० % यसबाट पार्टी संगठनमा युवा र नयाँ पुस्ता को सक्रिय सहभागिता हुने छ र नयाँ उर्जा थपिने छ । ४. संघ , प्रदेश र स्थानीय तहको निर्वाचन नेपाली कांग्रेस पार्टी को तर्फबाट उम्मेदवार चयन गर्दा जुन तहको निर्वाचन हुनेहो त्यही तहको पार्टी कार्यसमितिको निर्णय नै अन्तिम हुने । निर्णय हुन नसके मा वा चरम विवाद भएमा मात्रै माथिल्लो निकायले निर्णय दिने । ५. पार्टी क्रियाशिल सदस्य बितरण र नवीकरण सदा खुल्ला गर्ने पारदर्शी र स्वैच्छिक बनाइ हरेक बर्ष असारमा अनलाइन बाट नै बितरण र नविकरण गर्ने गराउने प्रबन्ध मिलाउने । ६. महाधिवेशन हुने सालको बैशाख -१ गतेबाट महाधिवेशन सम्पन्न नभए सम्म क्रियाशिल सदस्य बितरण बन्द गर्ने । ७ – केन्द्रिय कार्यसमिति को संख्या – २२५ र कार्यसंपादन समिति को संख्या – ६१ पुर्याउने ।

केन्द्रिय कार्यसमितिको बैठक आबश्यकता अनुसार कुनै पनिबेला र हरेक ३/३ महिनामा एक पटक अनिवार्य रूपमा बस्ने र कार्यसंपादन समितिको बैठक आबस्यकता अनुसार कुनै पनि बेला र हरेक महीना को एक पटक अनिवार्य रूपमा बस्ने छ ८.पदाधिकारी थप :- केन्द्रिय कार्यसमिति लगायत सबै तहका समितिहरुमा एकजना महिला उपसभापति र एकजना महिला महामन्त्री वा सचिब को पद थप गर्ने । केन्द्र र प्रदेश मा महिला महामन्त्री अरु तहमा महिला सचिब थप गर्ने । सबै तहमा एक जना महिला उपसभापति र एक जना महिला महामन्त्री वा सचिब थप गर्ने । संबिधान संशोधन प्रस्ताव :- ९ .दुबैतहको समानुपातिक निर्वाचन प्रणाली खारेज गर्ने । २०७८ सालको जनसंख्या तथ्यांकअनुसार अनुसार संसदीय निर्वाचन क्षेत्र पुनरावलोकन गर्ने । संबिधान अनुसार समानुपातिक र समावेशी प्रतिनिधित्व सुनिश्चित गर्दै :- प्रतिनिधि सभा तथा प्रदेश सभामा महिला मात्रै उम्मेदवार हुनेगरी सबै प्रदेश बाट समानुपातिक प्रतिनिधित्व हुने गरि निर्वाचन क्षेत्र नै तोक्ने – १०. प्रतिनिधि सभा प्रत्यक्ष निर्वाचित सदस्य संख्या ३३% महिला सहित – २४५ सिट राख्ने ११. राष्ट्रिय सभा सदस्य संख्या ३३% महिला सहित – ९९ सिट राख्ने । यी प्रस्तावहरु महासमितिको बैठकबाट पारित गरेर नेपाली कांग्रेस अगाडि बढ्न सक्यो भने कांग्रेस संगठन प्रति नयाँ र युवा पुस्ता को आकर्षण ह्वात्तै बड्न सक्ने देखिन्छ ।

संबिधान र परिबर्तन संघीय लोकतान्त्रिक गणतन्त्र को संरक्षण र सम्बर्द्धन गर्न नेपाली कांग्रेसले आबश्यक पहल र नेतृत्व गर्दै संबिधान र परिबर्तन पक्षधर राजनीतिक दलहरू बीच राष्ट्रिय सहमतिको बाताबरण निर्माण गर्ने र संबिधान संशोधन को बाताबरण समेत नेपाली कांग्रेसले निर्माण गर्ने ।