सुवेदी परिवारद्धारा सरस्वती माध्यमिक विद्यालयका २८ बालबालिकालाई स्विटर

। सुनसरीको इनरुवा नगरपालिका ६ मधेसा निवासी सुदिप सुवेदीले बुवा स्वर्गिय दुर्गाप्रसाद सुवेदीको सम्झनामा सरस्वती माध्यमिक विद्यालय इनरुवा ९ बबियाका २८ बालबालिकालाई स्विटर वितरण गर्नुभएको छ ।


बुधबार जाडोको बेला केही बालबालिकाहरुलाई जाडोबाट बच्न न्यानोका लागि स्विटर वितरण गरेको जनाएको छ ।


समाजसेवी सुदिप सुवेदीले आमा शारदा सुवेदीको आग्रहमा बुवा स्वर्गिय दुर्गाप्रसाद सुवेदीको सम्झनामा सरस्वती माध्यमिक विद्यालयका कक्षा १ देखी ५ सम्मका सिमान्तकृत र दलित विपन्न परिवारका २८ बालबालिकालाई स्विटर वितरण गर्नुभएको जनाएको छ ।
सुवेदीले अगामि दिनहरुमा समेत विपन्न, दलित र सिमान्तकृत समुदायका लागि सेवा गर्ने प्रतिवद्धता जनाउनुभयो । सुवेदीले स्विटर वितरण गरेको विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष जयकृष्ण यादवले बताउनुभयो ।
यादवले सहयोग गर्नुहुने सुवेदी परिवारप्रति र समन्वय गर्ने सत्य संसारका बरिष्ठ सम्वाददाता अनिल श्रेष्ठलाई हार्दिक धन्यवाद दिनुभएको थियो । स्विरट पाएपछि बालबालिकाहरुले खुसी व्यक्त गरेका थिए ।