सुनसरीको बर्जु गाउपलिका २ बेल्गछियामा रहेको राम मन्दिरको मुर्तिमा प्राण प्रतिष्ठा

सुनसरीको बर्जु गाउँपालिका २ बेल्गछियामा रहेको राम मन्दिरको मुर्तिमा सोमबार प्राण प्रतिष्ठा महोत्सव सम्पन्न भएको छ ।

भूकम्पले मन्दिरमा क्षति भएको पुनर्निर्माण सम्पन्न गरी सोमबार मन्दिरको मुर्तिमा प्राण प्रतिष्ठा गरिएको राममन्दिर संरक्षण समितिका अध्यक्ष महेन्द्र कामतले जानकारी दिएका छन् ।

बेल्गछियाको आस्थाको केन्द्र रहेको राम मन्दिरको पुनर्निर्माणकाे लागि स्थानीय चार दाजु भाई हाल बर्जु गाउपलिका वार्ड २ का अध्यक्ष महेन्द्र कामत ,निजका दाजु भाई सितले कामत श्रीप्रशाद कामत, कमल प्रशाद कामतको बेक्तिगत खर्चमा निर्माण भएको जानकारी दिएका छन् ।

राम मन्दिरमा नयाँ मूर्तीको प्राणप्रतिष्ठा बर्जु गाउँपालिकाका अध्यक्ष जिबछ राय तथा मन्दिर निर्माणकर्ता कामत परिवारको सहभागितामा सम्पन्न भएको थियो ।

राम मन्दिरमा नयाँ मूर्तीको प्राणप्रतिष्ठा भएको अवशरमा बृहत् धार्मिक कलश यात्रा र्याली समेत निकालिएको बर्जु गाउँपालिका वार्ड २ का अध्यक्ष महेन्द्र कामतले जानकारी दिनुभयो ।

उक्त मन्दिर निर्माणकाका लागि बर्जु गाउँपालिका वार्ड २ का अध्यक्ष महेन्द्र कामतका बुवा स्व.पुलकित कामत ,आमा सेवकिदेवी कामतले २०५२ सालमा १० कठा जगा प्रदान गरेका क्षन् ।

कलश यात्रा र्यालीमा भक्तालुहरुको उल्लेख्य सहभागिता रहेको थियो ।