दुहबी नगरपालिकाको १४ औ नगरसभा बाट महत्वपुर्ण बुँदाहरु अनुमोदन

दुहबी नगरपालीकाको १४ औ नगरसभा आज नगरबासीको हितका पक्षमा महत्वपुर्ण बुदाहरु सर्वसम्मत अनुमोदन सहित सम्पन्न भएको छ ।

नगर प्रमुख बेद गच्छादारको सभाअध्यक्षतामा सम्पन्न नगरसभाको पानसमा दिप प्रज्वलनगरी नगरप्रमुख ले उद्घाटन गरेका थिए ।

दुहबी नगरपालीका वडा नम्बर ५ को कोशी राजमार्ग ६ लेन सडक निर्माण कार्य भैरहेको र सडक बिभागले सडक को दुबै तर्फ ६/६ मिटर सेड ब्याक उक्त सडक क्षेत्राधिकार भित्र का संरचना सडक ऐन २०३१ (३) क र ३ क को २ अनुसार खाली गराउन सक्ने हुदा बजार बासीलाइ समस्या नपरोस भनेर बिल्ड अप क्षेत्रको संरचना हटाएपछि सो बाहेक बनेका संरचनाहरुलाइ सुरक्षित राख्न र बजारबासीलाइ बैँक तथा अन्य प्रयोजनका लागी कारोबारगर्न सहज होस भनेर घरनक्सा पास तथा अभिलेखिकरण गर्ने उदेश्यले नगरसभा मार्फत उक्त कार्यबिधी समेत नगर प्रमुख गच्छादारले पारित गराएका छन् ।

२०५४ मा इनरुवा – दुहबी सडक जोडीने कोशीराजमार्ग को डागाचौक देखि दक्षिणहुदै लुनकरणदास गंगादेबी च्यारिटि जानेबाटो सम्म ६२७ मिटर सडकलाइ बिल्ड अप एरिया घोषणा गरेदेखि नै उक्त क्षेत्रलाइ निषेधीत बनाउदा स्थानियबासी हरु घरनक्सा बिहिन र कारोबार बिहिन हुदै आएका थिए। नगरसभाले यो कार्यबिधी लाइ पास गरेपछि अब ऐनको रुपमा रहनेछ जसले गर्दा स्थानियहरुले आफ्नो सम्पत्तिको सुनिस्चितता पाएका छन ,गच्छादारले भने ।