माघी महोत्सवमा ३ जोडी युवायुवतीको सामुहिक बिवाह

थारु कल्याणकारी सभा दुहबीको आयोजनामा ३ जोडी थारु सामुदाईका युवायुवतीको सामुहिक बिवाह गरि दिएको छ ।

नव बिवाहित युवायुवती हरुलाइ बिभिन्ना झाँकी र बाजा सहित नगरपरिक्रमा गराइ मडपमा परम्परागत शैली अनुसार बिवाह गराइएको थारुकल्याण कारीणि सभा दुहबी नगर सभापति महेश कुमार माझीले जानकारी दिनुभयो ।

बिबाहित हुने जोडीहरुमा दुहबी ४ का सुनिललाल चौधरी र दुहबी ७ कि रबिता चौधरी , दुहबी ११ का संजिब भगत र स्वस्तिका खवास , दुहबी ९ का नरेश माझी र झापा बिर्तामोड की प्रियन्का चौधरीले सामुहिक बिवाह गरेका थिए ।

बिवाहित जोडीहरुलाइ प्रमुख अतिथि नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पुर्व उपप्रधानमन्त्री विजय कुमार गच्छादारले सम्मान पत्र बितरण गरेका थिए भने दुहबी नगरप्रमुख बेद गच्छादारले बैवाहिक सुभकामना कार्ड प्रदान गरेका थिए ।

थारु जातीको आधुनिक शैलीले गर्दा परम्परागत रितिरिवाज मासिदै गएको , बैबाहिक खर्च धान्नै मुस्किल हुदै गएको र धेरै तडक भडक देखासेखिले गर्दा ठुलो धनरासी खर्चिने हुदा जग्गा जमिन समेत बिकृ गर्नु पर्ने , यसले घरबार समेत मासिने अवस्था आएको हुदा आगामी दिनमा यस्तो कार्यलाइ रोक्न समाजमा संदेशप्रवाह गर्ने उदेश्यले यस्तो किसिमको सामुहिक बिबाहको आयोजना गरिएको सभाले जानकारी दिए ।


थारुकल्याण कारीणिसभा दुहबी नगर सभापति महेश माझीको अध्यक्षतामा सरस्वती माध्यमिक विद्यालयको खेलमैदानमा आयोजित माघी महोत्सवमा प्रमुख अतिथि नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पुर्व उपप्रधानमन्त्री बिजय कुमार गच्छादार र बिषिस्ट अतिथि दुहबी नगर प्रमुख बेद गच्छादार रहेका थिए ।

कार्यक्रम लाइ सम्बोधन गर्दै प्रमुख अतिथि गच्छादारले थारु जाती धर्तिमा मानब जातिको बस्ती बिकास सगै नेपालमा बसोबास गरेको हुदा आफ्नो छुट्टै पहिचान रहेको र यस्को अधिकार प्राप्तिका लागी पटक पटक आन्द्लन र जेल बसेको बताए ।