सुनसरीको दुहबीमा माघी महोत्सव

माघ २ गते । सुनसरीको दुहबीमा थारु कल्याणकारीणी सभा दुहबीको आयोजनामा माघी महोत्सव भएको छ ।

थारु कल्याणकारीणी सभा दुहबीकोे आयोजानमा सोमबार माघी महोत्सव २०८० भएको हो ।


महोत्सवको उद्घाटन गर्नुहुँदै नेपाली काँग्रेसका नेता तथा पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदारले आफ्नो संस्कृति संस्कार जोगाउनका लागि थारुहरुले आफ्नै घरबाट सुरुवात गर्नुपर्ने बताउनुभयो ।
उहाँले महोत्सवमा मात्रै थारुको संस्कृतिमा सिमित नराखी सबैले सधै आफ्नो बालबालिकाहरु र आफ्नो लागि भएपनि थारुको असल संस्कारलाई अगांल्नुपर्नेमा जोड दिनुभएको थियो ।
थारु संस्कार तथा संस्कृतिको संरक्षण एवं पर्यटन क्षेत्रको प्रवद्र्धनका लागि महोत्सव आयोजना गरिएको सभाका दुहबी अध्यक्ष महेश माँझीले बताए ।


महोत्सवमा थारु संस्कार संस्कृति, पहिचान झल्किने भेषभुषा तथा थारु परिकार सहित कृषि औजारहरु र हस्तकलाका सामानको स्टलमा प्रदर्शन गरिएको अध्यक्ष चौधरीले बताउनुभयो । महोत्सवमा सुनसरी र मोरग सहित पूर्वी लोकभाका जत्ताजत्तिको प्रस्तुती समेत गरिएको थियो ।

महोत्सवमा थारु परिकार घोंघी, भक्का, तिलको लड्डु, भुजा, सिपी, कुखुरा तथा परेको मासु, भुजा, बगिया, रोटी लगायतका परिकारहरु राखिएका थिए । त्यस्तै थारुको पहिचान झल्किने पौराणिक पोष्टर तथा मूर्तिहरुको पनि प्रदर्शन गरिएको थियो । महोत्सवले थारु संस्कार संस्कृतिको जगेर्ना तथा प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेलेको सभाका जीला अध्यक्ष सगेन चौधरीले बताउनुभयो ।

थारु संस्कृति समृद्धिको पहिचान, माघी महोत्सव एक अभियान नारासहित शुरुभएको कार्यक्रममा विभिन्न थारु नृत्य तथा झाँकीहरुको समेत प्रस्तुती रहेको थियो ।