आफ्नो संस्कृति संस्कार जोगाउनका लागि थारुहरुले आफ्नै घरबाट सुरुवात गर्नुपर्ने;गच्छदार

थारु कल्याणकारीणी सभा इनरुवाको आयोजानमा शनिबार तिला संक्राइत तथा माघी महोत्सव २०८० को उद्घाटन गर्नुहुँदै नेपाली काँग्रेसका नेता तथा पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदारले आफ्नो संस्कृति संस्कार जोगाउनका लागि थारुहरुले आफ्नै घरबाट सुरुवात गर्नुपर्ने बताउनुभयो ।

उहाँले महोत्सवमा मात्रै थारुको संस्कृतिमा सिमित नराखी सबैले सधै आफ्नो बालबालिकाहरु र आफ्नो लागि भएपनि थारुको असल संस्कारलाई अगांल्नुपर्नेमा जोड दिनुभएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्नु हुदै गच्छदारले फरक प्रसंगमा मैले नखाएको बिष लगाउने कार्य भयो न्याय पाएन भने जनताको अदालतबाट जाने बताएका हुन् ।


“मन्त्रीपरिषदको निर्णय भएको छ, प्रधानमन्त्रीको निर्दैशन छ, तर मलाई फसाउने कार्य गरेको छ” बिश्वास छ, म नयाय पाउछु” । “तिन प्रमुख दललाई एकै ठाउँमा ल्याएर संविधान निर्माणका लागि, देशमा लोकतन्त्रका लागि, जनताको गणतन्त्रका लागि भूमिका खेलेको छु, ।
“पाँच पटक उपप्रधानमन्त्री भै सकेको छु, अबको राज्यको नेतृत्व आदिवासी थारुले गर्छन् भन्ने डर छन्, र यसले षडयन्त्र पूर्वक आरोपमा फसाउने कार्य भएकोले जनताले मलाई न्याय दिलाउने बिश्वास छ” भन्दै आफनो धारणा ब्यक्त गरेका छन् ।
तिन दलको मात्रले होइन जनताको आन्दोलन, थारु आन्दोलन, मधेश आन्दोलन, आदिवासी आन्दोलन, दलित उत्पीडित आन्दोलनले देशमा जनताको अधिकार बहाली भएको भन्दै अहिलेको सरकार प्रमुखहरुले संविधानलाई चुनौती दिइरहेको र राजनीतिकलाई बदनाम गराउने कार्य गरेको पूर्व उपप्रधानमन्त्री गच्छदारको आरोप छ ।

थारु संस्कार तथा संस्कृतिको संरक्षण एवं पर्यटन क्षेत्रको प्रवद्र्धनका लागि सनिबार महोत्सव आयोजना गरिएको सभाका इनरुवा अध्यक्ष विनोद चौधरीले बताए ।

महोत्सवमा थारु संस्कार संस्कृति, पहिचान झल्किने भेषभुषा तथा थारु परिकार सहित कृषि औजारहरु र हस्तकलाका सामानको स्टलमा प्रदर्शन गरिएको अध्यक्ष चौधरीले बताउनुभयो । महोत्सवमा सुनसरी र मोरग सहित पूर्वी लोकभाका जत्ताजत्तिको प्रस्तुती समेत गरिएको थियो ।
महोत्सवमा थारु परिकार घोंघी, भक्का, तिलको लड्डु, भुजा, सिपी, सुंगुर तथा बंगुरको मासु, कुखुरा तथा परेको मासु, भुजा, बगिया, रोटी लगायतका परिकारहरु राखिएका थिए । त्यस्तै थारुको पहिचान झल्किने पौराणिक पोष्टर तथा मूर्तिहरुको पनि प्रदर्शन गरिएको थियो । महोत्सवले थारु संस्कार संस्कृतिको जगेर्ना तथा प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेलेको सभाका पूर्व केन्द्रिय अध्यक्ष नगेन्द्र चौधरीले बताउनुभयो ।

महोत्सवको उदघाटन कार्यक्रममा संविधान सभा सदस्य सिताराम मेहता, इनरुवाका प्रमुख केदार भण्डारी, उपमेयर विनिता मेहता, वडा अध्यक्ष अनिल पोखरेल लगायतले थारु संस्कृति तथा थारु अधिकार र पहिचानका बारेमा धारणा राख्नुभएको सभाका रोहित चौधरीले जानकारी दिनुभयो । थारु संस्कृति समृद्धिको पहिचान, माघी महोत्सव एक अभियान नारासहित शुरुभएको कार्यक्रममा विभिन्न थारु नृत्य तथा झाँकीहरुको समेत प्रस्तुती रहेको थियो ।