नेपाली कांग्रेस सुनसरी क्षेत्र नम्बर ३ को चुनावी सम्पर्क कार्यलय उद्घाटन

कार्तिक १६ गते / नेपाली काँग्रेस क्षेत्र नम्बर ३ सुनसरीको आयोजनामा आसन्न मंसिर ४ गते हुने संघिय तथा प्रादेशिक उमेदवार लाई जिताउन निर्वाचन परिचालन तथा प्रचार प्रसार गर्नका लागि बाम लोकतान्त्रिक गठबन्धन चुनाव प्रचार प्रसार समितिको संम्पर्क कार्यलय उद्घाटन गरिएको छ ।

आज प्रमुख अतिथी सुनसरी क्षेत्र नम्ब ३ प्रतिनिधि सभा सदस्य पदका उमेदवार बिजय कुमार गच्छादारले उद्घाटन गरेका छन् ।

सुनसरी क्षेत्र नम्बर ३ का सभाप्ती मेहेदि हुसैनको सभापतित्वमा बिशिस्ट अतिथिहरु प्रदेश सभा क का सरस्वती पोखरेल, प्रदेश ख का बिन्देवर यादव, कल्पना चौधरी, कल्पना कार्की, लगायतको उपस्थितिमा उक्त उद्घाटन कार्यक्रम सम्पन्न भएको थियो ।

उक्त कार्यक्रममा नेपाली काँग्रेस प्रति आस्थावान् नेता, कार्यकर्ता, माहाधिबेशन प्रतिनिधि, जिल्ला तथा क्षेत्रका प्रतिनिधि तथा सदस्य, नगरपालिका गाउँपालिका , वडा , टोल समितिका पदाधिकारी तथा सदस्यहरु, बिभिन्न भातृ तथा सुभेशुक संस्थाका प्रतिनिधि तथा सदस्यहरु लगायत सम्पुर्ण क्षेत्र नम्बर ३ निवासी आमा बुबा दाजुभाइ दिदिबहिनिहरु लगायत बाम लोकतान्त्रीकका नेता कार्यकर्ताहरुको गरिमामय उपस्थिति रहेको थियो ।


कार्यक्रमलाई सम्बोधन गर्दै प्रतिनिधि सभाका उमेदवार बिजय कुमार गच्छादारले अब समय अतिनै छोटो भएको हुदा एक मिनेट पनि खेर नफालि मैदानमा खटिन आव्हान गरेका छन् । आफ्नो जन्मथलो , रगत पसिना बगाएको जन्मभुमिका जनताले आफुलाई जिताएरै छाड्ने उनले ठोकुवा गरेका छन् ।

प्रतिपक्षि उमेदवार प्रति लक्षित गर्दै उनले आफु सँग सिरक र बृफकेश बाढ्ने सम्पत्ति नभए पनि ५५ बर्षे राजनिति इतिहासमा कमाएको जनताहरु नै अमुल्य सम्पति भएको हुँदा त्यो सम्पत्ति कहिल्यै खेर नजाने र यो पटक पनि बिजयी गराउने आफु आशाबादी रहेको बताए ।