मोटरसाइकल दाबी गर्ने सम्बन्धी इलाका प्रहरी कार्यलय दुहबीको ७ दिने सुचना

ईलाका प्रहरी कार्यालय दुहबी सुनसरीले बिभिन्न मिति समयमा वेवारिसे अवस्थामा फेला परेका मोटर साइकल तथा स्कुटरहरु सवारीधनीले आफ्ना आधिकारीक कागज पत्र सहित दाबी गर्न ७ दिने सुचना सार्वजनिक गरेको छ ।

ईलाका प्रहरी कार्यालय तथा मातहत प्रहरी ईकाईहरूको वडा एरिया ईलाकाहरूमा फेला परेका मोटर साइकल तथा स्कुटरहरु सवारीधनीले आफ्ना कागज पत्र सहित दाबी गर्न इप्रका दुहबीका प्रहरी निरिक्षक मोहन पोखरेलले आज पत्रकार सम्मेलनको आयोजना गरी उक्त सुचना सार्वजनिक गरेका हुन् ।

निम्न विवरण भएका सवारी साधन (मोटरसाईकल, स्कुटी) हरूको हाल सम्म सवारी धनी फेला नपरेको र कहि कतैबाट उक्त सवारी साधनहरूको सम्बन्धमा कुनै निवेदन, जानकारी समेत प्राप्त हुन नआएको हुदाँ यो सूचना जारी गर्नु परेको निरिक्षक पोखरेलले जानकारी दिएका  छन् ।

सूचना जारी भएको मितिले ७ (सात) दिन भित्र आ-आफ्नो सवारी साधनको सक्कल सवारी दर्ता किताब सहित ईलाका प्रहरी कार्यालय दुहबीमा आधिकारीक सवारीधनी हरुले सम्पर्क राखी आफ्नो सवारी लैजान सक्ने छन ।
लामो समयदेखि इप्रकामा थन्किएर रहेका १५ थान मोटरसाइकल तथा स्कुटीहरु प्रयोगबिहिन हुदा खिया समेत लाग्न थालिसकेका छन्। बेवारिसे सवारी साधन हरु राख्ने  ठाउसमेत नरहेकाले तोकिएको मिति भित्र कसैको निबेदन नपरे सार्वजनिक खरिद ऐन अनुसार लिलामी प्रकृया अगाडि बढाइने निरिक्षक पोखरेलले जानकारी गराए ।
निम्न:-
सि.नं. सवारीको किसिम सवारी नम्बर कम्पनी/मोडेल ईन्जिन नम्बर च्यासिस नम्बर कै.
1. मोटरसाईकल बा. २९ प ३७ HERO/SUPER SPLENDER JA05EA89D12823 MLJA05EE89D13196
2. मोटरसाईकल को. ८ प १२०९ HONDA CD DELUX HA11EDB9A20451 –
3. स्कुटी को.१० प ६१२८ HONDA DIO JF39E-7-0038705 ME4JF3925D7038704
4. स्कुटी
5. स्कुटी को.७प.२२२७ HERO HONDA PLEASURE JF11E6158545 MBLGF16EAGA06248
6. मोटरसाईकल प्रदेश १-०२-०४३प ३५२८ KTM DUCK 893717896 MD2JPEYA8JCO67241
7. मोटरसाईकल को.२९ प ४५४३ BAJAJ PULSUR DKYHK81232 MD2A13EY5HCkO3657
8. मोटरसाईकल BR-38-U4178 BAJAJ PULSUR 220 CC DKYCKF85135 MD2A13EY5KLF57888
9. मोटरसाईकल को.२९ प २१७८ BAJAJ PULSUR 220 CC DkYCHL94121 MD2A13EY7HCL15822
10. मोटरसाईकल को.५ प ४१० HERO HONDA HA10EA8GFO9220 MBLHA10EJ8GFo949
11. मोटरसाईकल को.३४ प ३५७६ BAJAJ PLATINA PFXWMA71234 MD2077AX8MWA23017
12. मोटरसाईकल को.३२ प २६८२ BAJAJ DISCOVER JBYWKA10681 MD2A15AYZKWA00156
13. मोटरसाईकल को.१० प ६४५१ YAMAHA, FZ 1PS2001253 ME11PS027B2001280
14. मोटरसाईकल को.३१ प ६३२८ BAJAJ V15 JHZRGC49629 MD2A74BZ1GRD22295
15. मोटरसाईकल को. ३२ प ६५७८ HERO, GLAMMER JA07PRKCC50037 MBLJAW10XK1C00156
मिति २०८०।०९।१७ गते ।