थारु कल्याकारिणी सभा दुहवी नगर समितिको आयोजनामा माघी महोत्सव हुने

सुनसरीको दुहवी नगरपालिकामा थारु कल्याकारिणी सभा दुहवी नगर समितिको आयोजनामा माघी महोत्सव कार्यक्रम हुने भएको छ ।

थारु कल्याकारिणी सभा दुहवी नगर समितिको आयोजनामा माघ १ गते माघी महोत्सव कार्यक्रम हुने दुहवी नगर थारु कल्याकारिणी सभाले  पत्रकार सम्मेलन मार्फत जानकारी गराएका छन् ।

कार्यक्रममा कोशी प्रदेश का मुख्य मन्त्री केदार कार्कीको प्रमुख आथित्यतामा माघी मोहत्सव तथा साँस्कृतिक कार्यक्रम दुहवीको सरस्ती मा. वि. को खेल मैदानमा हुन लागेको आयोजित संस्थाकाका थारु कल्याकारिणी सभा दुहवी नगर समितिका अध्यक्ष महेश माझीले जानकारी गराएका छन् ।

माघी महोत्सवमा  दुहवी नगर भित्र थारु ग्रामथान रहेका गच्छदार , पुजारी तथा धामीहरुलाई सम्मान गर्ने , थारु परिकार, भेषभुषा, लोप हुन लागेको थारु सामाग्रीहरु र गर गहनाको समेत स्टल तथा प्रर्दशनी गरीने माझीले जानकारी गराए । यसैगरी थारु समुदायमा विवाहमा धरै खर्च हुने र दाइजो प्रथालाई  न्युनिकारण गर्नका लागी १० देखी १२ जोडीहरुलाई विवाह विना खर्चमा गर्ने समेत तयारी  भई रहेको  नगर सभापती माझीले जानकारी दिए  ।

माघी महोत्सवमा दुहवीको सम्पुर्ण जातजातिको झाँकी र भेष भुषा समेत प्रर्दशनी गर्ने र माघी मोहत्सव दुहवीको सरस्ती मा वि को खेल मैदानमा हुने  जानकारी गराएको छ ।