प्रेस युनियन कोशी अध्यक्षले एकलौटी निर्णय लाद्न खोजेपछि महासचिवको आपत्ति

। नेपाल प्रेस युनियन कोशी प्रदेशमा अध्यक्षले एकलौटी निर्णय लाद्न खोजेपछि महासचिवले आपत्ति जनाएका छन् ।

अध्यक्ष मीनकुमार श्रेष्ठले एकलौटी र मनोमानी निर्णय लाद्न खोजेपछि महासचिवले आपत्ति जनाएका हुन् ।

आइतबार साँझ महासचिव सञ्जीव वाग्लेले एक विज्ञप्ति जारी गर्दै अध्यक्ष श्रेष्ठसहित केही सीमित व्यक्तिहरूले एकलौटी निर्णय गरेको, प्रेस युनियनको विधानको आँच आउने काम गरेको, उनकै निर्देशनमा सचिवबाट लेटरप्डायको दुरुपयोग भएको जनाउँदै आपत्ति जनाएका हुन् ।

‘एकतर्फी र मनोमानी ढंगबाट गत मंसिर ८ गते बोलाइएको स्वघोषित सचिवालय बैठक ९कोठे भेला० ले गरेका निर्णय र पुस १४ गते सामाजिक सञ्जालमार्फत सार्वजनिक भएका बुँदा सबै खारेज गरिएको यसै विज्ञप्तिमार्फत जानकारी गराउँदछु,’ विज्ञप्तिमा भनिएको छ, ‘पुस १४ गतेको भेलाले विधान विपरीत अवैधानिक ढंगबाट नेपाल प्रेस युनियन कोशी प्रदेश कार्यसमितिको लेटरप्याड दुरुपयोग गरेकोमा गम्भीर ध्यानाकर्षण भएको छ । प्रेस युनियनको विधानतः महासचिव र अध्यक्षबाहेक अरु जो कोहीले पनि लेटरप्याडमा हस्ताक्षर गर्ने अधिकार नभएको हुँदा ‘समावेशी सचिव’ विनय बाह्रकोटीले लेटरप्याड दुरुपयोग गरेकोमा घोर आपत्ति जनाउँदछौँ ।’

यस्तै, बैठकमा कोशी प्रदेशमा रहेर केन्द्रीय पदाधिकारी तथा सदस्य रहेकाहरूले पटकपटक हस्तक्षेपसमेत गरिरहेको विज्ञप्तिमा उल्लेख छ ।
‘नेपाल प्रेस युनियन कोशी प्रदेश कार्यसमिति आफैँमा स्वायत्त संस्था रहेको अवगत गराउँदै कोशी प्रदेशले गर्ने हरेक क्रियाकलापमा कोशी प्रदेश क्षेत्रमा रहेका केन्द्रीय पदाधिकारी तथा सदस्यहरूले प्रभाव पार्न खोजिएको हामीले महसुस गरेका छौँ । यो विधानसम्बत नरहेको हाम्रो ठहर छ,’ विज्ञप्तिमा उल्लेख छ, ‘हाम्रो संयमता र संगठनप्रतिको प्रतिबद्धतालाई कमजोरी ठानेर एकलौटी र मनोमानी ढंगले अगाडि बढ्न खोजे जुनसुकै परिणाम आउनसक्नेतर्फ सचेत गराउँदै उक्त परिणामको जिम्मेवारी स्वयम् अध्यक्षले लिनुपर्नेछ ।’

आफूहरू हालसम्म मौन रहेको तर अध्यक्षको मनोमानीले सीमाना नाघेपछि विज्ञप्ति निकाल्न बाध्य भएको महासचिव वाग्लेले बताए । उनले प्रेस युनियनलाई थप मजबुत र पत्रकारहरूको हक, हितका निम्ति प्रतिबद्ध रहनेकुरामा कसैसँग सम्झौता नहुनेसमेत उल्लेख गरे