समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जनचेतनामुलक कार्यक्रम

। समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जनचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ ।

ईलाका प्रहरी कार्यालय दुहबी सुनसरी मातहत कार्यालय ईलाका प्रहरी कार्यालय चिमडीको योजनामा सरसफाई तथा चिसो बाट बच्ने उपाई बारे कार्यक्रम सम्पन्नभएको हो ।

प्रहरी कार्यालयहरुको सेवा नागरिक मैत्री बनाउने उदेश्य अनुरुप उक्त जनचेतनामुलक कार्यक्रम गरिएको थियो ।

बर्जु गाँउपालिकाको सहयोगमा बर्जु गाँउपालिका वडा नं. ६ बर्जुताल १ नं. गेटदेखी ईलाका प्रहरी कार्यालय चिमडीको गेट सम्म समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सरसफाई तथा चिसो वाट बच्ने उपाय सम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न गरिएको ईलाका प्रहरी कार्यालय दुहबिका प्रहरी निरीक्षक मोहन पोखरेलले जानकारी दिनुभयो ।