देश विकासको लयमा छ ः प्रधानमन्त्री दाहाल

पुस ६ गते । देशको दोस्रो ठूलो विद्युत प्राधिकरणको सवस्टेसन सुनसरीमा उद्घाटन गरिएको छ ।

सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका ४ स्थित नेपाल विधुत प्राधिकरणको इनरुवा सवस्टेसनको शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्नुभएको हो ।

उहाँले देशको गौरवशाली योजना अन्तर्गत नेपाल विधुत प्राधिकरण इनरुवा ढल्केवर सवस्टेशनको एक समारोहका बीच उद्घाटन गर्नुभएको छ ।

प्राधिकरणको इनरुवा सवस्टेशन उद्घाटन गर्नुहुदै प्रधानमन्त्री प्रचण्डले नेपालको आन्तरिक बिद्युत आपुर्ति पुरा गरि भारत र बङ्गलादेश समेत निर्यात गर्ने गरि उद्घाटन गरिएको बताउनुभयो । उहाँले भारत र बङग्लादेश बिद्युत व्यपार जिआइएस स्वचालित प्रणाली ४००–२२०–१३२–२२०–३३ केभि इनरुवा सवस्टेशनको उद्घाटन गर्न पाउदा आफूलाई गौरवको महसुस भएको बताउनुभयो ।

प्रधानमन्त्री दाहालले सरकारको नीति विद्युत् प्राधिकरणको योजना र नेपाली जनताको साथ र सहयोगले नेपालको ऊर्जा क्षेत्रले फड्को मारेको बताए । घरमा बत्ती बाल्न मात्र नभएर समृद्धि र देशलाई नै उज्यालो बनाउन विद्युत् उत्पादन, प्रसारण र वितरण गर्ने योजनाका उत्साहजनक कामहरू भइरहेको उनले बताए । उनले आफ्नो नेतृत्वको सरकारले जनतालाई अँध्यारो लोडसेडिङको कहालीलाग्दो युगबाट मुक्त गरी उज्यालो नेपालको यात्रा अगाडि बढाएको बताए ।
प्रधानमन्त्री दाहालले नदीबाट विद्युत् उत्पादन गर्ने र नेपालका सहर–सहर र गाउँगाउँमा पु¥याउने मात्र नभई उत्पादित बिजुली छिमेकमा बेच्ने र विदेशी मुद्रा आर्जन गर्ने अवसर सिर्जना भइसकेको बताए ।
घर र बस्तीमा बत्ती बाल्न मात्र नभएर समृद्धि र देशलाई नै उज्यालो बनाउन विद्युत् उत्पादन, प्रसारण र वितरण गर्ने योजनाका साथ अहिले उत्साहजनक कामहरू भइरहेको प्रधानमन्त्री दाहालले बताउनुभयो ।
उहाँले युएस डलर ८.९५ मिलियनको लागतमा निर्माण आयोजनाले भारत र बङ्गलादेश संगको बिद्युत व्यपारमा टेवा पूग्ने र नेपालको अर्थतन्त्रमा पनि सुधार आउने बिश्वास गर्नुभयो । प्रधानमन्त्री प्रचण्डले देशमा केही नभएको भन्दै हल्लाको खेती गर्नेहरुको पछि नलागी देशको यर्थात बस्तु स्थिति बुझन र यस्तो खालको ठूला अयोजनाहरु उदघाटन हुनु देशका लागि आशाको किरण पलाएको बताउनुभयो ।

उहाँले यो सवस्टेसनले राष्ट्रिय प्रसारणमा योगदान सहित स्थानीय भोल्टेजको समस्या समाधान भएको बताउनुभयो । उहाँले पूर्व पश्चिम बिद्युत आपुर्ति गर्न र छिमेकी मुलुक भारतसंग बिद्युत व्यपार गर्न इनरुवा सबस्टेशन हवको रुपमा स्थापित भएको बताउनुभयो । उहाँले घर र बस्तीमा बत्तिबाल्न मात्र नभएर देशको समृद्धि र बिकास तथा अर्थतमन्त्रमा योगदान गर्ने बताउनुभयो । देशमा यो सहित उत्साहजनक प्रगती र बिकास भइरहेको बताउनुहुदै आफूहरुको नेतृत्वको सरकारले अध्यारोबाट उज्यालो तर्फ ल्याउने कार्यलाई सफलताको शिखरमा पुर्याएको बताउनुभयो ।

उहाँले उज्यालो नेपाल यात्रालाई सार्थक पार्ने काम भएको बताउनुहुदै देशको ९८ प्रतिशत नेपालीको पहुँचमा बिद्युत पुगेको र बाँकी दुई प्रतिशतको घरमा पनि दुई वर्ष भित्र पुर्याइ सतप्रतिशत पुर्याउने लक्ष्यमा सरकार रहेको बताउनुभयो । बिद्युतको खपत बढाउन र नदीबाट बिद्युत उत्पादन गरि मात्र नभइ उत्पादित बिद्युत बिक्रि गरि देशमा आयआर्जनको वतावरण सृजना गर्ने बताउनुभयो । यसबर्ष मात्र बर्षाको समयमा बचत भएको बिद्युत बिक्रि गरि देशले १५ अर्व रुपियाँ आम्दानी गरेको बताउनुभयो ।

सो आम्दानीले आर्थिक बिकास र जलबिद्युतको सम्भावनालाई चित्रित गरेको बताउनुभयो । उहाँले आफू चिन भ्रमणको क्रममा चिलिमे र केरुङ्ग प्रसारणलाइनको निर्माण गर्न सम्झदारी गरेको समेत उल्लेख गर्नुभयो । उहाँले बिद्युत प्राधिकरणले प्रसारणलाइन बिस्तारको क्रममा स्थानीयको जग्गा अधिकरण वा अधिकरण भएको जग्गा मुआब्जा दिने र वनसंगको सम्झदारी गरेर अगाडि बढने बताउनुभयो । त्यसैगरी देश विकासको लागि बुढि गण्डकी जलबिद्युत आयोजनाको काम समेत अगाडि बढाउने बताउनुभयो ।

सोही सबस्टेसन उद्घाटन कार्यक्रममा उर्जा मन्त्री शक्तिबहादुर बस्नेतले देशको विकासमा उर्जाले महत्वपूर्ण योगदान गरेको बताउनुभयो । उहाँले यो सबस्टेशनले बिद्युतको विकास मात्र नभएर जलस्रोतले समेत महत्वपूर्ण कोशेढुङ्गा सावित भएको बताउनुभयो । उहाँले निरासाहरु भन्दा विकासले आशा पलाएको र वि.स.१९६८ देखि हालसम्म हुन नसकेको कयौ कामहरु वर्तमान सरकारले गरेको बताउनुभयो । उहाँले बिगतको संक्रमण कालबाट सिकेको पाठबाट अहिले देशमा कायापलट गर्ने गरी देश अगाडि बढिरहेको बताउनुभयो ।

उहाँले अहिलेसम्मको उपलब्धीलाई संस्थागत गर्दैै थप नयाँ काम र ५०० मेगावाट बिद्युत उत्पादन एक बर्ष भित्र भएको र अगामि एक बर्ष भित्र थप ५०० मेगावाट बिद्युत उत्पादन गर्ने दाबी गर्नुभयो । उहाँले प्रत्येक एक हजार मेगावाट बिद्युत उत्पादन हुदाँ ३० हजार नागरिकले रोजगार पाउने र लाभ लिने बताउनुभयो । उहाँले रोजगारी, आर्थिक क्षेत्र र आर्थिक सम्बृद्धिको बाटोमा उर्जाले ठूलो योगदान गरेको बताउनुभयो ।

यसैबीच इनरुवा सबस्टेशन नेपाल बिद्युत प्राधिकरण नेपाल भारत बिद्युत प्रसारण तथा व्यपार आयोजना नामबाट सञ्चालनमा आएको छ भने बिश्व बैंक नेपाल सरकार तथा नेपाल बिद्युत प्राधिकरणको संयुक्त लगानीमा निर्माण भएको देशको दोस्रो ठूलो परियोजना हो ।

यस परियोजनाको निर्माण गर्न २० डिसेम्वर २०१८ मा ठेक्का सम्झौता भएको थियो भने ट्रान्सफर्मर ठेक्का सम्झौता ६ नेभेम्वर २०२० मा भएको थियो भने परामर्शदाताको रुपमा पावर ग्रीड कर्पोरेसन आफ इन्डीया लिमिटेड, भारत र एनइए इनजीनियरिङ्ग कम्पनी लिमिटेड काठमाण्डौं रहेको सब स्टेशनका प्राबिधिक शम्भु कर्णले जानकारी दिनुभयो । कर्णका अनुसार आयोजनाको कार्य क्षेत्रमा २२०–१३२ केभि, १६० एमभिए ट्रान्सफर्मत २ वटा क्षमता १२० एमभिए, २२०–३३केभि ६३ एमभिए ट्रान्सफर्मर २ वटा अर्थात क्षमता १२६ एमभिए रहेको छ । त्यसैगरी १३२ केभि २५ एमभिए आररिएक्टर १ वटा, २२० केभि ट्रान्सफर्मर वे ६ वटा, १३२ केभि लाइन ट्रान्सफर्मर वे ९ वटा र ३३ केभि लाईन ट्रान्सफर्मर वे ११ वटा रहेको जनाएको छ ।

यस सब स्टेशनको क्षमता २४० मेगावाट बिद्युत रुपनी इनरुवा र इनरुवा दुहबी १३२ केभि डब्बल सर्किट प्रसारण लाइनबाट आदानप्रदान हुन सक्ने, ३२० मेगावाट बिद्युत २२० केभिबाट १३२ केभि तथा १३२बाट २२० केभिमा आदानप्रदान हुन सक्ने छ । त्यस्तै १२६ मेगावाट बिद्युत ३३ केभि सब स्टेशनमा प्रदान गर्न सक्ने बताइएको छ ।

सबस्टेसनबाट भारतसँगको विद्युत् व्यापारका लागि इनरुवा–पूर्णिया ४०० केभी अन्तर्देशीय र नेपाल, भारत तथा बङ्गलादेशबिचको व्यापारका लागि इनरुवा–अनारमनी ४०० केभी प्रसारण लाइन प्रस्ताव गरिएको छ ।