दुहबी नगरपालिकाद्वारा एकै दिनमा ६ वटा प्रसासनिक भवनको सिलान्यास

। दुहबी नगरपालिकाद्वारा एकै दिनमा ६ वटा प्रसासनिक भवनको सिलान्यास गरिएको छ ।


दुहबी नगरपालिकाको वडा कार्यालयहरु आधा भन्दा बढि आफ्नै कार्यलयबाट काम गर्दै आएका छन भने बाँकी वडा कार्यालयहरु धमाधम निमार्णको थालनी गरिएको हो ।


यस अघि नगरपालिकाको भवनमा साँघुरा कोठाबाट कार्यालयको दैनिक काम चलाउदै आएको थियो । तर अहिले प्राय सबै वडामा भवन निमार्णको कार्य तिब्र भईरहेको दुहबी नगरपालिकाका नगर प्रमुख बेदनारायण गच्छादारले जानकारी दिनुभयो ।

गच्छादारले दुहबि नगरपालिकाको वार्डा न. १,६,४,३ र ११ वडा कार्यालय भवनको शिलान्यास गर्दै एक बर्ष भित्र सबै वडामा नगरको आफ्नै भवन हुने बताए । यसै क्रममा दुहबी ६ मा पशु सेवा साखा भवनको समेत सिल्यानास गरेका थिए ।

केहि वडाहरु नगरपालिकाको भवनमा हुदा सेवाग्राहि लाइ सास्ती भईरहेको भन्दै नगर प्रमुख गच्छादारले आफ्नै वडा कार्यालय बनाउने काम धमाधम भईरहेको बताए । एक बर्ष भित्र सबै वडामा नगरको आफ्नै भवन हुनेछ नगर प्रमुख गच्छादारले भने ।

भवन सिलान्यास कार्यक्रम लाइ सम्बोधन गर्दै नगर प्रमुख गच्छादारले संघिय संरचना निर्धारण भएदेखि स्थानिय तहमा रहेका वडाहरुले आफ्नै भवन बाट सेवा प्रवाह गर्नु पर्ने र जनताले सहुलियत र सहज सेवा लिन पाउनु पर्ने यावस्था अनुसारनै वडा कार्यलय भवन निर्माण सुरु गरेको बताए ।

दुहबि नगरपालिका अहिले सम्म ६ वटा वडा कार्यालय आफ्नै भवनमा छन बाँकी ६ वटा यो आर्थिक बर्ष भित्र सम्पन्न भैसकन्ने नगर प्रमुख गच्छादार भन्छन् । करिब पौने २ करोड्को लागतमा बन्ने उक्त वडा प्रशासनिक भवनहरु असार १५ भित्र निर्माण सम्पन्न गरी सम्बन्धित वडाहरुलाइ हस्तान्तरण गरिसक्नु पर्ने ठेकेदार कम्पनिहरु संगको सम्झौतामा उल्लेख छ ।