दुहबी ६ मा सडक कालोपत्रे गर्ने कार्य तिब्रगतीमा

पौष ४ गते । दुहबी नगरपालीका वडा नम्बर ६ का सडकहरु कालोपत्रे गर्ने कार्य तिब्र गतिमा अगाडि बढेको छ ।

ओम शान्ति भवन देखि दक्षिण तर्फको २६० मिटर लम्बाइ र ७ मिटर चौडाइको सडक कालोपत्रे भएको हो ।

वडा नम्बर ६ का अध्यक्ष घनश्याम हलुवाइका अनुसार उक्त वडामा सडक बिस्तारको कार्य आफु अध्यक्षमा निर्वाचित भए लगत्तै देखि पहल गरि धेरै सडकहरु कालोपत्रे र आर सि सि ढलानका काम हरु गर्न सकेको बताएका छन ।

बाकी काम सडक बिस्तार गर्न निरन्तर आफ्नो कार्यकाल भरि लाग्ने र वडालाइ धुलोमुक्त सडक, बिकसित वडामा रुपान्तरण गर्ने लक्ष रहेको उनि बताउछन् ।

निर्माणाधिन कालोपत्रे सडकको निरिक्षण गर्नु हुदै दुहबी नगरपालीकाका प्रमुख प्रशासकीय अधिकृत राजकुमार केसीले सडक संमरचना सबैको साझा सम्पति भएकाले यसको निर्माण र संरक्षरणमा सबैले चासो राख्नु पर्ने बताउनुभयो ।

वडामा आश्यकता र मागबमोजिम योजनाहरु बनाउदै आएको वडा अध्यक्ष घनश्याम हलुवाइको भनाई थियो ।

कालोपत्रे सडकले स्थानियमा हर्ष छाएको स्थानिय चन्दन मण्डलले बताउनु भयो । निर्माधिन सडकको गुणस्तर कायमगर्न हरेक नागरिक लाग्नु पर्ने समेत मण्डलले बताउनु भयो । वर्षादमा हिलाम्मे र हिउँदमा धुलाम्मे सडकका कारण सास्ती भोगेका वडावासीहरु सडक कालोपत्रे हुन थालेपछि उत्साहित भएका छन् । घरकै अगाडी सडक कालोपत्रे हुनलाग्दा खुसी लागेको अर्का स्थानीयवासी हेमु यादवले बताउनुभयो ।

घरै अगाडि विकास हेर्न पाउँदा खुसीको सीमा छैन यादवले भन्नुभयो ‘यति चाँडै सडक कालोपत्रे हुन्छ भन्ने सोचेका पनि थिएनौं उनले भने । दुहबी नगरपालीकाको ७० लाख लागतमा बँगलामुखि निर्माण सेवाले उक्त कार्य गर्ने जिम्मा पाएको थियो ।