आगलागीमा परी दुईजना मृत्यु

विराटनगरको सातघुम्तीको कवाडी गोदाममा आगलागीमा परी दुईजना मृत्य भएको छ ।

जसमध्ये एकजनाको पहिचान खुल्न सकेको छैन ।

विराटनगर–७ का दिपक मण्डल र अर्का एकजनाको मृत्यु भएपछि जलेका कारण पहिचान गर्न नसक्ने अवस्थामा शव फेला परेको मोरङ प्रहरीका प्रवक्ता रन्जनकुमार दाहालले जानकारी दिएका छन् ।

घाइतेमध्ये ५५ वर्षीया रिता सरदार र ६० वर्षीय सुशीला पासवान उपचार भईरहेको छ । उनीहरुको ८० प्रतिशत शरीर जलेकोले गम्भीर रहेका छन् । पिंकी कामत र किसोर कामत समेत घाईते भई उपचार भईरहेको छ ।