दुहबीका युवाहरुको सामुहिक प्रयासमा कपडा बैँकको शुरुवात

। दुहबी नगरपालीकाको बिभिन्न वडाका युवाहरुको सामुहिक प्रयासमा कपडा तथा जुत्ता बैँकको शुरुवात गरेको छ ।

दुहबीमा युवाहरुद्वारा विपन्न, गरिब तथा विपत्तिमा परेका परिवारलाई लक्षित गरेर दुहवी कपडा बैंक अभियान सञ्चालन गरिएको हो ।
नगरपालीकाको भवन अगाडि शनिवारबाट युवाहरुले सामुहिक रुपमा कपडा तथा जुत्ताको बैँक सुरु गरेका छन् ।

नच्यातिएका र लगाउन मिल्ने लुगा त्यस्तै फालिएका हुन्छन् र युवाहरुले भने, हामीले त्यसैलाई व्यवस्थापन गरेर विपन्न, गरिब तथा विपत्तिमा परेका परिवारलाई वितरण गर्ने सोच बनाएका हौं ।
हुनेले दिएर जानुस, नहुनेले लिएर जानुस भन्ने नाराका साथ सुरु भएको निरन्तर चलि रहने यस अभियानका युवाहरुले बताएका छन ।

युवाहरुको सामाजिक दायित्व बोधसँगै समाज रुपान्तरणको अभियानमा जोडिन सबैलाई आग्रह गर्दै अभियन्ताहरुले इच्चुक दाताहरुलाइ अभियानमा जोडिन आग्रह गरेको छ ।