सुनसरीको दुहबी नगरपालिका- ५ स्थितबाट ब्राउन सुगर सहित २ जना पक्राउ

मंसिर ०८ गते । सुनसरीको दुहबी नगरपालिका- ५ स्थितबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

६ गते साँझ ८ बजे ईलाका प्रहरी कार्यालय दुहबीबाट खटिएको प्रहरी टोलीले BR 38AE 6075 को TVS COMPANY को RAIDER लेखिएको भारतिय नम्बरको मोटरसाईकललाई शंकास्पद अवस्थामा फेला पारी चेकजाँच गर्ने क्रममा मोटरसाईकल चालक देश भारत जोगबनी का २७ बर्षीय सोनु कुमार चौधरीले लगाएको मोटरसाईकलको हेलमेट भित्र लुकाईछिपाई ल्याउदै गरेको अवस्थामा ७० ग्राम ५ मिलिग्राम लागुऔषध ब्राउन सुगर फेला पारेसगै उक्त मोटरसाईकलमा पछाडी सवार भारत ग्राम पंचायत- ११ का बलबिर रामलाई समेत प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका उनिहरुको सम्बन्धमा सम्मानित सुनसरी जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय दुहबीले जनाएको छ ।