बराहक्षेत्रमा मन्दिरमा हरिबोधिनी मेला बिहिबारबाट

। वराहक्षेत्र नगरपालिका वडा नं १ स्थित प्रसिद्ध तिर्थ वराहक्षेत्र मन्दिरमा कात्तिके अर्थात हरिबोधिनी एकादशी मेलाको तयारी अन्तिम चतरणमा पुगेको छ ।

प्रत्यक बर्ष वराहक्षेत्र धाममा लाग्ने धार्मिक हरिबोधिनी एकादशी मेला यस बर्ष संसिर ७ गते बिहिवार एकादशिको दिनबाट सुरु भई मंसिर ११ गते सोमवार पुर्णिमाको दिनसम्म गरेर ५ दिन आयोजना हुने वराहक्षेत्र संरक्षण मञ्चका अध्यक्ष भक्तबहादुर श्रेष्ठले बताए ।

मेलाको लागि बजार,कोसी नदीमा घाटको व्यवस्थापन विद्युत्, खानेपानी लगायत उपसमिति गठन गरिएको र मेलाको सम्पु्र्ण तयारी समेत पूरा भएको मेला वराहक्षेत्र संरक्षण मञ्चका सचिब राजु घिमिरेले बताए ।

मेलाकालागि संरक्षण मञ्चले स्वास्थ्यको जिमेवारी वराहक्षेत्र उप– स्वास्थ्य चौकीलाई , खानेपानीको जिमेवारी वराहक्षेत्र मन्दिर खानेपानी समितिलाई , सरसफाईको जिमेवारी वराहक्षेत्र वातावरणिय सरसफाई संस्थालाई , सुरक्षाको जिमेवारी प्रहरी चौकी वराहक्षेत्र , इलाका प्रहरी कार्यालय चतरा , महेन्द्रनगरलाई , स्यमसेवकको जिमेछारी स्काउट लगाएतलाई जिमेवारी दिएको संरक्षण मञ्चका अध्यक्ष श्रेष्ठले बताए ।

भक्तहरूको लागि नदीमा सुरक्षित स्नान गर्नको लागि बाँसको बार, उज्यालोकोलागि बिधुत लगाइएको छ। मेलकाकोलागि बगर सम्याउने, रंङगाउने , मन्दुर श्रृगार्ने र नियमित सरसफाई समेत गरिएको नगर प्रमुख रमेश कार्कीले बताए ।

भारतका रुरुक्षेत्र र कुरुक्षेत्र त्यस्तै नेपालका मुक्तिक्षेत्र र वराहक्षेत्रलाइ संसारको चारधामको रुपमा लिने भएकाले मेला भर्न भारत लगाएका देशबाट समेत तिर्थयात्री आउने गरेका छन् । यस बर्ष मेला भर्न चारदेखि पाच, लाख तिर्थालु मेला भर्न आउने अनुमान गरिएको सरंक्षण मञ्चका अध्यक्ष श्रेष्ठले बताए ।