चोरी मुद्दाका फरार प्रतिवादी प्रहलाद रिषिदेव पक्राउ

 चोरी सम्बन्धी कसुर मुद्दामा सुनसरी जिल्ला अदालतको मिति २०७९।११।०२ गतेको फैसला आदेशले लगत नम्बर २८०६ बाट ५ महिना कैद र ७,०००/-(सात हजार) रुपैया जरिवाना हुने फैसला भई फरार रहेको प्रतिवादी झुमरा रिषिदेव र गंगीयादेवी रिषिदेवको छोरा जिल्ला सुनसरी दुहवी न.पा. वडा न. ३ वस्ने वर्ष २८ को प्रहलाद रिषिदेवलाई इलाका प्रहरी कार्यालय दुहबीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय दुहवी सुनसरीबाट खटीएको प्रहरी टोलीले खोज तलाश गर्ने क्रममा बिहिबार  जिल्ला सुनसरी दुहवी न.पा. वडा न. ३ स्थितमा फेला पारी पक्राउ गरी निज प्रतिवादी प्रहलाद रिषिदेवलाई फैसला कार्यन्वयनको सम्मानित सुनसरी जिल्ला अदालमा उपस्थित गराएकोमा सम्मानित अदालतबाट कैद भुक्तानको लागी कारगार कार्यालय झुम्का सुनसरी पठाईएको इलाका प्रहरी कार्यालय दुहबीले जनाएको छ ।