भूकम्पले मृत्यु हुनेको संख्या ७०नाघ्यो

काठमाडौं। जाजरकोटमा शुक्रबार रातिको भूकम्पले मृत्यु हुनेको संख्या ७०नाघेको छ । पछिल्लो अपडेट अनुसार रुकुममा मात्र कम्तिमा ३५जनाको मृत्यु भएको छ भने जरकोटमा३७जनाको मृत्यु भएको छ ।

गएराती ११ बजेर ४७ मिनेटमा आएको ६.४ रेक्टर स्केलको भूकम्पमा ठुलो मानवीय र भौतिक क्षति भएको छ र विवरण आउनेक्रम जारी रहेको छ ।

भूकम्पमा परेर जाजरकोटमा नलगाड नगरपालिकाकी उपमेयर सरिता सिंहको मृत्यु पुष्टि भएको छ । जिल्ला प्रहरी कार्यालयले विवरणहरु आउने क्रम जारी रहेको जनाएको छ ।

त्यस्तै भूकम्पपछि घर भत्किदा घाइते भएकाहरुको जिल्ला अस्पताल जाजरकोटमा उपचार भइरहेको छ ।अहिले पनि उद्धारको क्रम जारी रहेको प्रहरीले जनाएको छ ।