दुहवीमा मासु तथा दुध डेरी जन्य पदार्थ बिक्रि बितरण गर्ने पसलहरुमा अनुगमन

कार्तिक १ गते । नेपालीहरुको महान चाडपर्व नजिकिएसँगै दुहवी नगरपालिकाले बजार अनुगमनलाई तिव्र पारेको छ ।


दुहवी नगरपालिका पशु शाखाको अगुवाईमा आज बुधबार दुहवीमा नगर क्षेत्र भित्रका बिभिन्न माछा मासु तथा दुध डेरी जन्य पदार्थ बिक्रि बितरण गर्ने पसलहरुमा अनुगमन भएको हो ।


उक्त अनुगमनको क्रममा टोलीले चाडपर्वको समयमा बजारमा कालोबजारी र महंगी सृजना हुन नदिन दुहवी पालिकाले निरन्तर बजार अनुगमन गरिरहेको र अनुगमनका क्रममा ब्यवसाय दर्ता भए नभएको, पसलबाट बिक्री गरिएको माछा मासु, डेरी जन्य बस्तुको गुणस्तर कायम भए नभएको खोजि नीति गरिएको पशु साखाका डा .सतेन्द्र यादवले जानकारी दिए ।


अनुगमनका क्रममा दुहबी ४ पिपलचौक स्तिथ रहेको फ्रेस हाउसमा मरेका कुखरा र ज्युदैमा शरिर कुहिने रोगले ग्रसित कुखुराको मासु बेच्ने गरेको पाइएको थियो । मरेका र रोगि कुखुरा लाइ अनुगमन समितिले खाल्डो खनेर ब्यबस्थापन गरेको पशु साखाका प्रमुख शिवहरी अधिकारिले बताए ।


त्यसको खरिद देखी बिक्री मुल्य समेत हेरेर कैफियत देखिएका पसललाई अन्तिम चेतावनी दिएको र अव उपरान्त सरसफाई तथा ब्यवसाय दर्ता नभएका लाई दर्ता गर्नुपर्ने लगायतका निर्देशन दिईएको पशु साखाका निरज कटेलले बताउनुभयो ।