दुहबी नगरप्रमुख गच्छदार द्धारा कोल्ड स्टोरको साँचो हस्तान्तरण

असोज २९ गते । दुहबी नगरप्रमुख बेद नारायण गच्छदार द्धारा कोल्ड स्टोरको साँचो कृषि तथा पशुपक्षि बजार ब्यबस्थापन समिति लाई हस्तान्तरण गरेका छन ।


दुहबी नगरप्रमुख गच्छादारले कोल्ड स्टोर र साप्ताहिक हटियाको उद्घाट नगर्दै कृषि तथा पशुपंक्षि बजार ब्यबस्थापन समिति अध्यक्ष राजन बस्नेत लाई साँचो हस्तान्तरण गरेका हुन् ।


आज सोमबार साँचो हस्तान्तरण संगै दुहबी नगरप्रमुख बेद नारायण गच्छदारले नगरबासीलाइ सम्बोधनको क्रममा यो “साँचो सिर्फ कोल्ड स्टोर खोल्ने र बन्द गर्ने मात्रै होइन, यसले दुहबी नगरभित्र बसोबास गर्ने कृषक, ब्यापारी र सर्वसाधरण उपभोक्ता बिचको दुरिलाइ समेत नजिक बनाउने पुलको रुपमा कायम हुने आफु बिस्वस्त रहेको बताए ।


दुहबीनगर प्रमुख गच्छदारले दुहबीको वडा नम्बर १ देखि १२ सम्मका सबै वडाहरु कृषि र पशुपालनका लागि उपयुक्त भएकाले कृषि तथा पशुपालनबाट उत्पादित सामाग्रीहरुको उचित मूल्य तथा बजारीकरणको सहजताका लागि नगरपालिकाले कोल्ड स्टोर स्थापना गरेको बताए ।
कोल्ड स्टोर नहुँदा गाउँमा उत्पादित कृषि उपज वस्तु सिजनमा सस्तो मूल्यमा बिक्री गर्नुपरेको र यसले कृषकको लागतसमेत उठ्न गाह्रो भएपछि कोल्ड स्टोर निर्माण गरिएको दुहबीनगर प्रमुख गच्छदारले जिकिर गरे ।

उपप्रमुख मेनुका पोखरेल खतिवडाले नगरपालिकाले हरेक क्षेत्रका महिलाहरु आत्मनिर्भर बन्न सक्ने गरी सीपमूलक तालिम तथा तालिम प्राप्त व्यक्ति र समुहलाई समन्वय र सहजिकरण गरी विभिन्न प्रविधिहरु उपलब्ध गराउँदै आएको बताइन् । ‘हरेक व्यक्ति आफै आत्मनिर्भर बन्न सक्यो भने उसले महसुस गर्ने खुसीको सीमा नै रहँदैन’–उपप्रमुख खतिवडाले भनिन ।
कोल्ड स्टोर (चिस्यान केन्द्र) नहुँदा उत्पादित वस्तु कुहिने डरले हतारहतार सस्तोमा बिक्री गर्नुपरेको प्रति किसानहरू चिन्तित थिए । कोल्ड स्टोरमा राखेर अफसिजनमा बिक्री गर्न पाउने भएपछि किसानको आम्दानी बढ्ने स्थानीय कृषक सम्पत चौधरी को भनाइ रहेको थियो ।


उक्त शीत भण्डारले किसानका सामान न्यून मूल्यमा भण्डार गरेर राख्ने जनाइएको छ । दुहबीको बजारमा शीत भण्डार नहुदा उत्पादित सामग्री राख्न ठाउँ नभएपछि किसानले आफ्ना सामग्री भण्डारणका लागि अन्य जिल्लामा लैजानुपर्ने बाध्यता थियो ।


कृषि तथा पशुपंक्षि बजार ब्यबस्थापन समिति दुहबी ४ का अध्यक्ष राजन बस्नेतले अब आफूहरुले उत्पादन गरेको खाद्यान्नलगायत बालीहरु नजिकै भण्डारण गर्न पाइने भएकामा खुसी व्यक्त गर्नुभयो । उक्त कार्यक्रममा दुहबी नगर उपप्रमुख मेनुका खतिवडा,दुहबी नगरपालिकाका प्रमुख प्रसासकिय अधिकृत राजकुमार केसी,वडा नम्बर १ देखि १२ का वडा अध्यक्षहरु, कर्मचारी स्थानियको सहभागिता थियो ।