प्रहरी दिवशको अवसरमा दुहबीमा ट्राफिक सचेतना मुलक कार्यक्रम

असोज २८ गते । ६८ औ प्रहरी दिवश २०८० को अवसरमा दुहबीमा ट्राफिक सचेतना मुलक कार्यक्रम सम्पन्न भएको छ ।


आज आइतबार बिहान ईलाका प्रहरी कायार्लय दुहबी सुनसरीको आयोजना ट्राफिक प्रहरी पोष्ट दुहबीको समन्वयमा पोष्टले प्रभात फेरी ¥याली सहित सचेतना मुलक कार्यक्रम गरेका हुन् ।


नेपाल प्रहरी, सशस्त्र प्रहरी, नगर प्रहरी, बिभिन्न गैह्र सरकारी सघं संस्थाका प्रतिनिधि, यातायात मजदुर,स्थानिय बुद्धिजिवी,भद्र भलादमी लगायतको उपस्थितिमा सचेतना मुलक कार्यक्रम संचालन गरिएको इलाका प्रहरी कार्यालय दुहबिका प्रहरी निरिक्षक मोहन पोखरेलले जानकारी दिनुभयो ।


ट्राफिक सचेतना मुलक कार्यक्रममा ट्राफिक सचेतना सम्बन्धि पर्चा पम्प्लेटहरु बितरण गरी चाडपर्व लक्षित तथा ट्राफिक सचेतनामुलक जिङ्गलहरु प्रसारण गरिएको थियो ।


यसै गरि दिवसको अवसरमा (हिजो) सनिबार ईलाका प्रहरी कार्यालय दुहबीले दुहबी नगरपालिका वडा नं. ६ स्थित दुर्गा काली मन्दिर, मातहत ईलाका प्रहरी कार्यालय सितागंज,चिमडी,छिटाहा, प्रहरी चौकी

अमडुवा,रा.बे. शुक्रबारे,औरावनी, अस्थाई प्रहरी चौकी चाँदबेला,तनमुना सुनसरीले आआफनो नजिकमा रहेका मठ मन्दिर सरसफाई कार्यक्रम समेत सम्पन्न गरेको ईलाका प्रहरी कार्यालय दुहबीले जनाएको छ ।