दुर्गा–काली मन्दिरमा नवरात्र पुजाको तयारी पुरा

। दुहबी नगरपालीका वडा नम्बर ६ अवस्थित रहेको दुर्गा–काली मन्दिरमा नवरात्र पुजाको सम्पूर्ण तयारी पुरा भएको छ ।

पुजा समितिले सनिबार पत्रकार सम्मेलनको आयोजना गर्दै नवरात्र पुजाको सम्पूर्ण तयारी पुरा भएको जनाएको हो ।

बिजयादशमी २०८० को अवसरमा बर्षेनि लाग्दै आएको दुर्गाकाली मन्दिरको मेलालाई स्थानिय प्रशासन, नागरिक समाज, संघ–सस्थाको सहभागितामा भएको भेलाबाट भयरहित, शान्त वातावरणमा नवरात्र मनाउने पुजा समितिका अध्यक्ष चन्दन मण्डलले जानकारी दिए ।

पूजा समितिका महासचिव मनिस रौनियारले अध्यक्ष चन्दन मण्डलको अध्यक्षता मा १५ सदसीय समिति चयन गरिएको बताए ।

साथै फुलपातीका दिन ¥याली निकाले सँगै १० दिन सम्म भक्तजनलाई सहज र शान्त तरिकाले पुजा अर्चना गर्न सकिने वातावरणको तयारिमा पुजा समिति लागि परेको पुजासमितिका अध्यक्ष मण्डलले बताए ।
वडा नम्बर ६ का वडाध्यक्ष घनश्याम हलुवाइले यसपटक बिगतमा भन्दा शान्ति सुरक्षालाई कडाइका साथ लागु गरिने २० वटा स्टलहरु राखिने यसैगरी मन्दिर प्रवेश गर्न र निस्कन ५ वटा द्वारहरु राखिएको, २५ जनाको युवा स्वयंसेवक राखिएको तथा भक्तजनहरुको सेवा सुबिधा र शान्ति सुरक्षामा कुनै कमि आउन नदिने पुजाका लागी आउने श्रद्धालुहरुलाई निडर उपस्थितभै पुजा प्रसाद ग्रहणाका लागी अनुरोध गरेका थिए ।
पत्रकार सम्मेलनमा बोल्दै दुहबी वडा नम्बर ६ का वडाअध्यक्ष हलुवाईले शान्तिसुरक्षाको निम्ति सिसिटिभी क्यामेरा र ड्रोन क्यामेराबाट निगरानी गर्ने बताउदैं शान्तिसुरक्षामा कुनै कमि हुन नदिने सुरक्षाकर्मी लगायतका साथीहरूसँग आफै पनि अहोरात्र खट्ने समेत वडाध्यक्ष हलुवाईले बताए ।

यसवर्ष पुजा समितिले बलिको लागि बोका र राँगा, मन्दिर ब्यावस्थापन, रंगरोगन, सजावट, लाइट, साउन्ड लगायतको व्यवस्थापनमा करिब ६ लाख ५१ हजार अनुमानित खर्च हुने बताएको छ ।
वडा नम्बर ४ का अध्यक्ष मुस्तकिम मियाले यस पौराणिक मन्दिरको आफ्नै पहिचान रहेको हँुदा शान्ति सुरक्षामा कुनै कसर बाकि नराख्न पत्रकार सम्मेलनमा अनुरोध गरेका थिए ।