यात्रु सहायता कक्षको स्थापना

कोशी प्रदेश प्रहरी कार्यालय “सुरक्षा सुनिश्चितता अभियान २०८० को चाडपर्व सुरक्षा योजना अन्तरगत” चाडपर्वको समयमा यात्रुहरुलाई सहजता र सुरक्षित यात्राको लागि यात्रु सहायता कक्ष  को स्थापना गरी संचालनमा ल्याईएको छ ।

नजिकिदै गरेको बिभिन्न चाडपर्वहरुलाई लक्षित गरी चाडबाडको समयमा यात्रा गर्दा यात्रुहरुलाई सहजता प्रदान गर्नका लागी कोशी प्रदेशका मुख्य राजमार्ग तथा सहायक मार्गको बिभिन्न स्थानहरुमा यात्रु सहायता कक्षको स्थानपना गरिएको हो ।

सम्बन्धीत जिल्ला प्रहरी कार्यालयहरु, जिल्ला ट्राफिक प्रहरी कार्यालयहरु , मातहतका प्रहरी कार्यालयहरू तथा यातायात व्यवस्था सम्बद्ध संस्थाहरू समेतको समन्वय र सहकार्यमा कोशी प्रदेशका ३८ स्थानमा यात्रु सहायता कक्षको स्थापना गरी सेवा प्रवाह शुरु गरिएको छ ।

जस अन्तरगत विराटनगरको बसपार्क, उर्लाबारी, पथरी, बेलबारी, विराटचोक, रंगेली, झापाको बिर्तामोड बसपार्क, दमक नगरपालिका-६, मेचीनगर नगरपालिका-६ काकडभिट्टा, मेचीनगर नगरपालिका-१३, भद्रपुर नगरपालिका-५ र १० मा, बुद्धशान्ति गाउँपालिका-३ बुधवारेमा, ताप्लेजुङको तोक्मेडाडा, पाँचथरको फिदिम नगरपालिका पुरानो बसपार्कमा, धनकुटा बसपार्क, हिले, र भेडेटारमा, उदयपुरको बरुवा बसपार्कमा, तेह्रथुमको लालिगुराँस नगरपालिका-२ को गुराँस चोक र म्याङलुङ बसपार्कमा, सुनसरीको कोशी गाउँपालिका-४ शिवचोकमा र ईटहरी बसपार्कमा, सोलुखुम्बुको दुधकुण्ड नगरपालिका-५ आँवाडाडा, दुधकुण्ड नगरपालिका-७ जोर बौद्ध र दुधकुण्ड नगरपालिका-८ पतालेमा, ईलामको सुर्योदय नगरपालिका-१० को फिक्कल र ईलाम नगरपालिका-५ बिब्ल्याटेमा, भोजपुरको भोजपुर नगरपालिका-६ देउराली, हतुवागढी नगरपालिका-१ घोरेटार, अरुण गाउँपालिका-६ जरायोटार र टेम्के मैयुम गाउँपालिका-३ दिल्पामा, खोटाङको रत्नपार्कमा, ओखलढुङगाको सिद्धिचरण नगरपालिका-११ रमाईलोडाडा र मिलचौकमा र मानेभञ्याङ गाउँपालिका-७ हर्कपुरमा र सखुंवासभाको खाँदवारी नगरपालिका-१ बसपार्क र चैनपुर नगरपालिका-१ जिरोप्वाईन्टमा यात्रु सहायता कक्ष स्थापना गरी सेवा प्रवाह शुरु गरिएको हो ।