नेपाली काँग्रेसले राष्ट्र र जनता प्रती उत्तर दाई भएर बि.पि.नेतृत्वमा पार्टी स्थापना गरिबर्तमान अबस्थामा गणतन्त्र स्थापना समेत गरि सकेको

नेपाली काँग्रेसले राष्ट्र र जनता प्रती उत्तर दाई भएर राणाकालिन समयमा तत्कालिन बि.पि.कोईरालाबि.पि.नेतृत्वमा पार्टी स्थापना गरि राष्ट्रियता , प्रजातन्त्र , लोकतन्त्र , समाजवादको सिद्धान्तमा रहि बर्तमान अबस्थामा गणतन्त्र स्थापना समेत गरि सकेको अबस्था छ ।

गणतन्त्र सम्म देशलाई लेराउदै गर्दा राणा शासनको अन्त्य देखि राज संस्थाको अन्त्य सम्म नेपालि काँग्रेसको नेतृत्व रह्यो । समय राणाकालिन, पन्चायती शासनको सिद्धान्तमा आधारित छैन । बहुदलीय ब्यवस्था पश्चात् पार्टीको कन्ट्रोल भन्दा बाहिर राष्ट्र निर्माण तर्फ जनताको सेवा सुबिधा सुनिश्चित गर्न बिकासे र सुबिधा भोगि नीति अबलम्बन गर्दै लग्यो । सबै दल मिलि राष्ट्र र अन्तरास्ट्रिय नितिमा एउटा खाका राष्ट्रिय योजना निर्माण गरि सबै दलले प्रतिबद्दता जनाउनु पर्थ्यो ।

एक दलले अर्को दलको बिरोध एउटा नेताले अर्को नेताको बिरोध यो फलानो पार्टी यो धिस्कानो पार्टीको यो बिकास फलानो नेताले यो मैले गरेर भएको भन्ने होडबाजीले देशमा बिकासको योजना र अन्तरास्ट्रिय नीति फेल हुँदै गै राखेको अबस्था छ । काठमाडौ उपत्यकामा कंक्किटको जंगल बनी सकेको अबस्था छ । राजधानी भएर पनि अझै पनि अन्तरास्ट्रिय स्तरमा बिकासको योजना लागु गर्न सकेको अबस्था छैन गल्लि गल्लि बस्तिको बिकास २/३ घण्टा हिडेर बिद्यालय जानू पर्ने बस्ति लगाएत दुर्गम ठाउँ काठमाडौ उपत्यकामा अझैपनि छ ।

कृषि प्रधान देश प्लिज देशमा तराईको भु भागमा कुनै पनि जग्गा बाँझो राख्न र घडेरी बिकासको निम्ति सरकारले नीति नबनाईयोस । नेपाली काँग्रेसको केन्द्रीय समितिको बैठक एक बर्ष पछि हाल केन्द्रीय कार्यालयमा चलिरहेको छ । अबको एक्काईसौ सताब्दिमा नेपाली काँग्रेस पार्टी अनिवार्य रुपमा सुहाउँदो नीति लिएर रुपान्तरण हुनै पर्छ । बैठकमा नेताहरुले बोलेको लाईभ हेर्न पाई राखेको छ हामी ज्यादै खुशि छौ । तर बिदम्वना नेतामुखि गुलामि भएर आफ्नो मनतब्य नदिनु उचित हुनेछ ।

पार्टी बलियो बनाउन, राष्ट्र र अन्तर्राष्ट्रिय स्तरमा नेपाली काँग्रेसको भुमिका र अन्य दललाई पनि हिजोको जस्तो आफ्नो कन्ट्रोलमा राखि अभिभाबकिय भुमिका खेल्न सक्ने भुमिकामा सल्लाह सुझाव दिनु उचित हुनेछ माथि आकासमा हेरेर थुक्ने मनतब्य नदिनु उचित हुनेछ ।

नेपाली काँग्रेस पार्टी नेतामुखि होइन जनमुखि जनता र राष्ट्रको लागि नै हो भन्ने महशुस दिलाउन र अन्य दलको बिचमा जनमुखि बिकास प्रेमि पार्टी नेपाली काँग्रेस हो भन्ने महशुस दिलाउन अब केन्द्रको बैठकले सर्ब प्रथम नेता जनता स्वयम् आफैले छान्न पाउने पार्टी नेपाली काँग्रेस हो भन्न पाउनको लागि कृयाशिल सदस्य खुल्ला गरि खल्तीको कृयाशिल खारेज गरि नयाँ अपडेट गरि कृयाशिल सदस्यबाट भोटहालि वडामा उम्मेदवार नेता छान्ने, क्षेत्रीय प्रतिनिधिबाट मेयर उपमेयर, प्रदेश साम्सद र संघको उम्मेदवार छान्ने ब्यवस्था गरौ ।

बिधानमा भएको जिल्ला , प्रदेश र केन्द्रबाट उम्मेद्वार छान्ने प्रकृया खारेज गरौ । त्यसपछि नेपाली काँग्रेस नेतामुखि होइन जनता मुखि बिकास प्रेमि बन्छ राणा शासन हटाएको पार्टी भित्र राणा चरित्रको नेताहरुको बिगबिगिले गर्दा बर्तमान अबस्थामा नेपाली काँग्रेस प्रती बितृष्णा बढि रहेको अबस्था छ । आदर्णिय केन्द्रीय तहका सबै नेता ज्युहरुमा बिनम् अनुरोध छ हामि सच्चिन्छौ कि सकिन्छौ तपाईहरुको बैठकको निर्णयमा भर पर्छ सबै तपाई नेताहरुले बोलेको जनताहरुले राष्ट्र अन्तर्राष्ट्रियमा बसेर हेरेर मुल्याङकन गरि राखेको अबस्था छ । जय नेपाल अबुल हुसैन अन्सारी, महाधिवेशन प्रतिनिधि, नेविसंघका पुर्व केन्द्रिय सदस्य हुन ।