नेपाली कांग्रेस सांगठनिक,सैद्धान्तिक , बैचारिक दृष्टिकोण मा नै परिमार्जित हुनु जरुरी:अबुल हुसैन अन्सारी

 मिसन मंसिर -१३ ,१४ र १५ महासमिति बैठक ऐतिहासिक र अग्रगामी हुने । बिपि ले ” नपाएको १५ बर्ष र कांग्रेसले पाएको -३२ बर्ष ।

अब यी र यस्तै बिषयमा बहस सुरु गरौं । हालसालै सम्पन्न भएको ” बिपि साहित्य महोत्सवमा हामीले ” बिपि ले नपाएको -१५ बर्ष ” बारेमा लामो चर्चा गर्यौ । अब हामीले ” कांग्रेसले पाएको ३२ बर्ष ” का बारेमा स्पष्ट समिक्षा , विश्लेषण र बस्तुनिष्ठ भएर मुल्यांकन गर्नु जरुरी देखिन्छ । – हामीले मुलुक र जनताका लागी के के उपलब्धि हासिल गर्यौ ? – अनि कहाँ कहाँ चुक्यौ ? यसको निर्मम र गम्भीर समिक्षा हुनु जरुरी छ । – अब नेपाली कांग्रेसलाई तुस्त , दुरुस्त र प्रभावकारी रूपमा अगाडि बढाउन हामीले के के कुराहरुमा सुधार र परिवर्तन गर्नु पर्छ ? यसको स्पष्ट खाका आउनु पर्दछ । – हामी बिच सच्याउन पर्ने कमिकमजोरीहरु के के हुन ? आत्मा समिक्षा सहित सुधार र परिबर्तन आबश्यक छ । – अब हामीले राजनीतिक , आर्थिक , समाजिक क्षेत्रमा अबलम्बन गर्नु पर्ने नयाँ दृष्टिकोण र एजेन्डा हरु के के हुन ? – संगठनको आधार स्तम्भ नयाँ युबा पुस्ता र तरुण लाई उत्साह जनक रुपमा पार्टीमा सहभागी गराउने नयाँ निति र कार्यक्रम ल्याउनु अत्यन्तै जरुरी देखिन्छ ।

मुलुकको राजनीति लाई नयाँ गति र उर्जा प्रदान गर्दै संघीय लोकतान्त्रिक गणतन्त्र लाई सुदृढ र संस्थागत गर्न एबं राजनीतिमा नयाँ र युवा पुस्ताको भुमिका तथा सहभागिता सुनिश्चित हुने गरि अब नेपाली कांग्रेसले आफुलाइ सैद्धान्तिक , बैचारिक र सांगठनिक रूपमा नै नयाँ पन र दृष्टिकोण दिन सक्नु पर्दछ । मुलुक लाई उग्रवामपन्थी र उग्रदक्षिणपन्थीको षड्यन्त्र बाट बचाउन समेत नेपाली कांग्रेसले आफ्नो भुमिका लाई सक्रिय र प्रभावकारी रूपमा तत्काल अगाडि बढाउनु जरुरी देखिन्छ । सैद्धान्तिक :- राष्ट्रियता लोकतन्त्र र समाजबाद लाई युबा पुस्ताको बिकास र समृद्धि संग जोड्ने । – संघीय लोकतान्त्रिक गणतन्त्र लाई जन जनमा बलियो र लोकप्रिय बनाउन राज्य प्रणालीमा साधारण जनताको पहुच सुनिश्चित गर्ने । संबिधान संशोधन आबश्य :- – प्रतिनिधि सभाको सिट -२७५ कायम गर्ने । – प्रदेश सभाको सिट -३३० कायम गर्ने ।

– दुबै तहमा समानुपातिक निर्वाचन प्रणाली खारेज गर्ने । – संबिधान अनुसार आठ वटै क्लस्टरबाट प्रतिनिधित्व सुनिश्चित हुने गरि राष्ट्रिय सभामा – ९९ सिट को ब्यबस्था गर्ने । प्रमुख राजनीतिक दलहरु संग संबाद गर्दै सो अनुसार संबिधान संशोधन प्रस्ताव नेपाली कांग्रेस को पहलमा थालनी गर्ने । बैचारिक :- – नयाँ र युवा पुस्ताको आकर्षण बढाउन र ४० बर्ष मुनीका मतदाता हरुमा नेपाली कांग्रेस प्रति बिश्वास र आकर्षण बढाउन बिशेष अभियान चलाउने । सांगठनिक :- केन्द्रिय कार्यसमितिको संख्या एक तिहाई महिला सहित २२५ कायम गर्ने । केन्द्रिय कार्यसमिति को बैठक हरेक ३/३ महिना मा बस्ने । कार्यसंपादन समितिको संख्या ६१ कायम गर्ने । कार्यसंपादन समिति को बैठक हरेक महिना अनिवार्य बस्ने । – नेपाली कांग्रेस पार्टी संगठनमा पुस्तान्तण र रुपान्तरण गर्दै केन्द्र देखि वडा सम्म सबै कार्यसमितिमा ४० बर्ष सम्मका युवाहरुको सक्रियता , सहभागिता र भुमिका सुनिश्चित गर्ने पार्टी को बिधान सोही अनुसार परिमार्जन गर्ने ।

– नेपाली कांग्रेसको क्रियाशील सदस्य बितरण र नवीकरण अब अनलाइन बाट नै गर्ने ब्यबस्थापन गर्ने । सदस्यता बितरण र नवीकरण सदा खुल्ला र पारदर्शी बनाउने । उल्लेखित सैद्धान्तिक , बैचारिक र सांगठनिक बर्तमान स्वरुप र खाका संबोधन गरि बिशेष राजनीतिक प्रस्ताव पारित गरि नेपाली कांग्रेसको नयाँ अबधारणा राष्ट्रिय एजेन्डा का रूपमा अगाडि बढाउनु जरुरी देखिन्छ ।

अबुल हुसैन अन्सारी, महाधिवेशन प्रतिनिधि, नेविसंघका पुर्व केन्द्रिय सदस्य हुन।