निराधार आरोप लगाएर मेरो चरित्र हत्या गरियोः वडा अध्यक्ष तुलाराम माझी

असोज १६ गते । दुहबी नगरपालिका १० का वडा अध्यक्ष तुलाराम माझीले आफ्नो चरित्र हत्या भएको भन्दै आपत्ति जनाएका छन् ।

 

आफ्नाविरुद्ध केहि सञ्चार माध्यमबाट निरन्तर दुष्प्रचार गरिएको भन्दै वडा अध्यक्ष माझीले आपत्ति जनाएका हुन् ।

आफूमाथि पछिल्ला केही दिनदेखि व्यक्तिगत र राजनीतिक चरित्र हत्या भइरहेको वडा अध्यक्ष माझी द्धारा जारि गरिएको प्रेस बिज्ञप्तिमा उलेख् गरिएको छ । आफूले गरेको कामबाट वडावासी सन्तुष्ट भएपनि केही व्यक्तिहरु असन्तुष्ट रहेका छन् । कुनै न कुनै रुपले मलाई फसाएर बदनाम गराउने योजनामा ती व्यक्तिहरु लागेको माझीले पत्रकार सम्मेलनमा बताए ।

‘पछिल्ला केही दिनयता मेरो व्यक्तिगत र राजनीतिक चरित्र हत्या गर्ने दूषित मनशाय लिएर केही व्यक्तिहरूले मलाई लक्षित गरेर निराधार र कपोकल्पित आरोप लगाउँदै दुष्प्रचार गरिएकोप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको बिज्ञप्तिमा भनिएको छ ।
जनताको हालसम्म कुनै पनि काम रोकिएको छैन । जनतालाई सेवा दिने बेला होस्, बाटो होस्, घरमै होस्, वा कुनै बास्त बाबजुद पनि जनताको काम रोकिएको छैन । आफ्नो चरित्र हत्या गर्ने उद्देश्यले निश्चित एक झुण्डले मेरो बारेमा गलत अफवाह फैलाउने काम गरेको वडा अध्यक्ष तुलाराम माझीको भनाई छ ।

वडा न. १० को अतिक्रमित सडक खालि गराएको रिसमा केहि तत्व हरुले नियोजित रुपमा मेरो चरित्रहत्या गर्ने उद्देश्यका साथ केही व्यक्तिले सञ्चार माध्यममा अन्तर्वार्ता दिँदै म विरुद्ध गाली बेइज्जतीमा उत्रनु खेदजनक रहेको माझीले पत्रकार सम्मेलनमा बताए ।

जनतालाई थाहा नै छ । म जनताको काममा अहोरात्र खटिएकै छु । जनतालाई निराश गराएको छैन । एक बर्ष कार्यक्रमा सडक आरसिसि, विधुत, खानेपानी पुगेको छ । स्वास्थ्य, शिक्षा गुणस्तर बनाउभन्दा जनताको साथ सपोट भन्दा बढी बिरोध हुन्छ । यदि सपोट गर्न सकिदैन भने बिरोध पनि नगर्नु भन्दा मिडिया र सामाजिक संजाल मार्फत मलाई नै चरित्र हत्या गर्न खोजिन्छ माझीले तर्क गरे ।