सुनसरीमा हर्सोल्लासका साथ छठ पर्व सम्पन्न

अशिष कुमार यादव

कार्तिक १४ गते । सुनसरी सहितको विभिन्न स्थानमा लोक आस्थाको महान पर्व छठ सोमबार सूर्यलाई पूजा आराधना गरी अघ्र्य दिइँदै बिहान सम्पन्नभएको छ ।

इनरुवा सहित हरिनगर, देवानगञ्ज, वर्जु, गढी, दुहवीबूढीखोला, लौकही , कोशी, भाण्टाबारी सहितका स्थानमा भक्तजनहरुले छठको अन्तिम दिन बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिँदै सम्पन्न गरेका हुन ।
प्रकृतिको पूजा गर्दै मनाइने छठ पर्वले मधेसमा बसोबास गर्ने विभिन्न समुदायहरुबीच सौहार्दता, आत्मियता र सद्भाव स्थापना गर्न सहयोग पुगेको सामुहिक रुपमा पूजापाठ र ब्रत गरेका छन् ।
उनीहरुले अस्ताउदो र उदाउँदो सूर्यको उपासना गरी मनाइने यो पर्वमा ब्रतालु महिला पुरुषले चोखो निखो बसेर पूजाआजा गरेमा पारिवारिक सुख, समृद्धि र रोगव्याधीबाट मुक्ति पाइने धार्मिक विश्वास रहेको छ ।

छठ पर्व साझा पर्वको रुपमा बिकास हुदै बर्गिय बिभेदको अन्तय गर्न महत्वपुर्ण भुमिका रहेको आर्थिक रुपले बलिया, कमजोर सबै ब्यक्ति,जातजातिहरुका समुदाय एकै ठाउ जलासयमा आएर पर्व मनाउनु साझा पर्वको रुपमा बिकास र बर्गिय बिभेदको अन्तय भएको सुनसरीको प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं.३ का उम्मेदवार रहनुभएका पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री समेत रहनुभएका विजय कुमार गच्छदारले बताउनु भएको छ ।

छठ पर्वले सामाजिक सदभाव बढेको छ, सामाजिक बिकासकालागी उधेश्य बोकेको पर्व अगाडी बढ्दै छुवाछुत, जातपात भन्ने बिभेदहरुको अन्तय गर्दै मनाईरहेकोले नेपाल सरकारले पनि सोहि अनुसार लिएको गच्छदारले बताउनु भयो ।
पर्वबाट भाईचारा,मित्रता, सदभाव कायम हुने भएकोले यसबाट सबैले एकता कायमगरी बिकासमा लाग्नु पर्ने अधिकारिले धारणा ब्यक्त गर्नु भएको हो ।

तराईमा बसोबास गर्ने मधेसीहरु मात्र होइन, छठ पर्वलाई पहाडी मुलका हिन्दू धर्माबलम्बीहरुले पनि श्रद्धापूर्वक मनाएका छन् । बिहान उदाँउदो सूर्यलाई अर्घ दिएपछि यो पर्व समापन भएको मानिन्छ षष्ठी तिथिका दिन साँझब्रतालुले पवित्रजलाशयमा निर्मित घाटमा अस्ताउँदो सूर्यलाई पहिलो अघ्र्य दिएका थिए ।

 

साँझको सूर्यलाई दिइने अघ्र्यलाई मिथिलाञ्चलमा ‘सझुका अरख’ भनिन्छ साँझ ‘खरना’विधि सम्पन्न गरेर निराहार ब्रतथालेका ब्रतालुको उपवासको समय बिहान सूर्योदय हुँदा सम्म झण्डै ३६ घण्टा भएको छ ।

कात्तिक शुक्ल चौथीका दिन ‘नहायखाय’ विधिबाट ब्रत सङ्कल्प गरेकाब्रतालुले चौथो दिन छठ सम्पन्न गरेकाहुन् ।
छठ सम्पन्नभएसँगै ब्रतालु परिवारजनसँगै पानीघाट बाट घर फर्केपछि प्रसादखाने ख्वाउने क्रम शुरु भएको छ ।

छठको प्रसाद बनाएर सूर्यलाई देखाइएका ठकुवा, भुसुवासहितका मिष्ठान्न परिकार खाने ख्वाउने क्रमभने मिथिलाञ्चलमा लामो समय सम्म जारी रहन्छ ।

मिथिलाञ्चलमा छठ सकिएपछि विवाहित चेलीबेटी, कुटुम्ब परिवार, मितमितिनी र अन्य इष्टमित्रको घरमा छठको कोशेली पठाउने चलन छ ।

यसरी पठाइने कोशेलीमा सूर्यदेवलाई देखाइएको प्रसाद मिसाएर पठाइने क्रम दिनभर चलिरहन्छ ।