पहिलो सँबिधान सभाको चुनावमा गोर्खा -२

अबुल हुसैन अन्सारी, महाधिवेशन प्रतिनिधि, नेविसंघका पुर्व केन्द्रिय सदस्य

पहिलो सँबिधान सभाको चुनावमा गोर्खा -२ मा बाबुराम भट्टराईलाई खसेको मतको ९७% भोट् आएको थियो तर आज बाबुराम कहाँ छन ? राजनिती र कलाकारिता उस्तै हो कहिले को चल्छ थाहै हुँदैन । हामी नेपाली काँग्रेसले तरुणदल, महिला सँघ, नेपाल मुस्लिम संघ ,र ने.बि.संघमा १-१ जनालाई टिका लगाएको १,२,१२, बर्ष भो तर सँगठन बिस्तार खोई , जिला र प्रदेश ? अधिबेशनमा हामी सँगठन गर्न सक्नेलाई होईन आदेश मान्नेलाई पद दिन्छौ अनि कहाँबाट हुन्छ सँगठन सुधार ? आज काँग्रेसका ७०% कार्यकर्ताहरु घण्टी हल्लाउदै हिंडेका छन किन ? युवा महामन्त्रीहरुको हस्तक्षेपकारी भूमिका खोई ? भाषण जोतेर मात्र हुन्छ ? हामी गुटका नाममा अझै पनि एक अर्कालाई सिध्याउन हिड्दै छौ अनि हामी नसकिएर को सकिन्छ त ? चुनावका बेला कार्यकर्ता खोज्ने चुनाव जिते पछि बाल नदिने गर्दा कार्यकर्ता बिच्कीदैनन ? नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा मा कति जना मुस्लिम लाई मनोनित छ ,तरुण दलमा,ने वि सघ,महिला सघ, मा कति जना मुस्लिम लाई केन्द्रिय सदस्य दिईएको छ ? नेपालमा समावेशी अनुरूप यो सबको कति कोटा मुस्लिम रहेको छ ? काँग्रेस भित्र तमाम समस्याहरु छन सुधार गर्ने उपायहरु पनि छन तर बिड्म्बना गर्न सक्नेले ठाउँ पाउदैन बिना कामका गोज्याङग्राहरुले पद ओगटेर बसेका छन । हामी सच्चिने कि सकिने ?आँफू बाटै शुरु गर्ने हो सुधार सबैले! आदरणीय सभापति ज्यू, ढिला नगरौं! समय अझै बाँकी छ ! ???