सुनसरीको भाेक्राहा नरसिंह गाउँपालिका वडा नम्बर ८ मा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

सुनसरीको भाेक्राहा नरसिंह गाउँपालिका वडा नम्बर ८ मा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

चाडपर्व लक्षित सुरू गरिएको भाेक्राहा नरसिंह गाउँपालिका वडा नम्बर ८ (साेनयाही) मा एक दिने निःशुल्क स्वास्थ्य शिविर कार्यक्रममा झण्डै २ सय ५९ जनाको स्वास्थ्य परीक्षण तथा निःशुल्क औसधि वितरण गरिएको जनप्रेमी वडाध्यक्ष हाजी उसमान अंसारी (भाेला हाजी) ले जानकारी दिए ।

कार्यक्रमका प्रमुख अतिथि एवम् भाेक्राहा नरसिंह गाउँपालिका अध्यक्ष अजमल अख्तर आजादले भने “ग्रामीण भेगमा स्वास्थ्य सेवाको पहुँच” अझै विस्तार हुन नसक्दा विभिन्न रोगको समस्या जटिल रहेकाले आफूले गाउँपालिकाकाे याेजना पुस्तिकामा स्वास्थ्य शिविरका लागि बजेट विनियोजन गरिएको बताए । उनले कार्यक्रममा बाेल्दै भने हाम्रो पालिकामा रहेका वृद्ध वृद्वा, आसय, अपांग, गरिव तथा जेष्ठ नागरिकहरूकाे लागि निःशुुल्क स्वास्थ्य परिक्षण तथा नियमित चेकजाँच गर्नका लागि पालिकाले विभिन्न शिविर सञ्चालनमा ल्याउने बताए ।

पालिका अध्यक्ष अजमल अख्तर आजादले  हाम्रो जनतालाई परेको हरेक समस्याकाे समाधान गर्न आफु पछि नहट्ने रातिदेखि जनताको सेवामा समर्पित रहेको बताउँदै विभिन्न याेजना अघि बढाएको बताए ।साेही याेजना अनुसार प्रत्येक वडामा नियमित वडा कार्यालय मार्फत विभिन्न किसिमका स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको बताए ।

उनलेे भने गाउँमै राम्रो अस्पताल नहुँदा विभिन्न स्वास्थ्य समस्याबाट ग्रस्त रहेका स्थानीयवासीले स्वास्थ्य परीक्षण तथा औषधि निःशुल्क रुपमा प्राप्त गर्दा धेरैले राहतको अनुभव गरेको बताउँदै बर्सेनि यस किसिमका शिविर सञ्चालन गर्ने हाम्रो योजना रहेको सुनाए।

शिविरमा महिला तथा प्रसुती राेग विशेषज्ञ डाक्टर कविता कुमारी यादव, बरिस्ठ हाडजोर्नी तथा बाथ राेग विशेषज्ञ डाक्टर फैयाज अंसारी, डाक्टर केदार मण्डल , डाक्टर काैसर अली, डाक्टर कमरूल हक लगायतका स्वास्थ्यकर्मीहरूले बिरामीहरूकाे स्वास्थ्य परिक्षण गरेको आधारभूत स्वास्थ्य केन्द्र भाेक्राहा नरसिंह वडा नम्बर ८ का स्वास्थ्यकर्मी नितेश कुमार यादवले जानकारी दिए ।
शिविरमा आएका अधिकांश स्थानीय बिरामीमा उच्च रक्तचाप, डायबिटिज, मिर्गौलामा खराबी तथा महिलामा छाती र स्तनको समस्या देखिएकाे उनलेे बताए ।