सुनसरीमा संविधान दिवस भव्यताका साथ मनाईयो

असोज ३ गते । सुनसरी सदरमुकाम इनरुवा सहित जिल्लाभरी नै संविधान दिवश भव्यताका साथ मनाइएको छ ।

 

देशमा संघिय लोकतान्त्रिक संविधान जारी भएको दिनको स्मरणमा भव्यताका साथ संविधान दिवश मनाइएको हो ।
दिवशको अवसरमा सदरमुकाम इनरुवामा बुधबार विहान शहिदगेट देखी अस्पतालसम्म प्रभातफेरी, शहिदहरुको सालिकमा माल्यार्पण सहित महानन्द पार्कमा झण्डोत्तोलन गरिएको छ ।

त्यसैगरी जिल्ला अस्पताल सुनसरीमा विरामीलाई फलफुल वितरण गरि दिवश मनाइएको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिनुभयो ।

प्रजिअ पाण्डेका अनुसार दिवशको अवसरमा तीन दिने कार्यक्रम अन्तरगत मुख्य दिन बुधबार सयौंको संख्यामा सरोकारबालाहरुको बीचमा विभिन्न कार्यक्रम गरिएको छ । संविधान दिवश मुल समारोह समिति, जिल्ला प्रशासन कार्यालय सुनसरी, दुहवी, रामधुनी र इनरुवा नगरपालिकाको संयुक्त आयोजनामा इनरुवा नगरपालिका बसचौक शहिद गेटमा मलात्यापर्ण, महानन्द पार्कमा झण्डोतन र जिल्ला अस्पताल सुनसरीमा फलफुल वितरण कार्यक्रम गरिएको छ ।

 

इनरुवा बस चौकको शहिदगोटमा संविधान दिवशको अवसरमा रामधुनी नगर प्रमुख शंकारलाल चौधरी, दुहवी प्रमुख वेदनारायण गच्छदार, इनरुवा नगरपालिका प्रमुख केदार भण्डारी, प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे, जिल्ला समन्वय समितिका प्रमुख राजन मेहता, प्रहरी उपरीक्षक विपिन रेग्मी सहितको उपस्थितीमा मल्यापर्याण र झण्डोतोलन कार्यक्रम सम्पन्न गरिएको छ ।

उता संविधान दिवसको अवसरमा दुहबी नगरपालिकामा झण्डोत्तलन सहित शुभकामना दिदै दुहबी नगरपालिकाका नगर प्रमुख बेदनारायण गच्छादारले संघिय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यम द्वारा दिगो शान्ति,सुशासन,विकास र समृद्धिको आकांक्षा पुरा गर्न संविधान सभाबाट पारित ३ असोज २०७२ जारी भएको आठौं वर्ष नेपालको संविधान दिवसका अवसरमा शुभकामना व्यक्त गरेका थिए ।


नगर प्रमुख गच्छादारले जनतलाई देखाईएका आश्वासनहरु पुरा गर्न सवै पक्ष लाग्नु पर्ने बताउनुभयो । राजनीति नाफाका लागि नगरिने भएकाले त्यसलाई सेवाकोरुपमा बुझनु पर्ने गच्छादारको भनाई रहेको थियो ।
गच्छादारले परिवर्तनका लागि बिगतमा पनि थुप्रे संबिधानहरु आएको बताउँदै संबिधान देशको मुल कानुन भएकाले यही अनुसार अन्य आवश्यक र बिषयगत कानुनहरु निर्माण हुने बताउनुभयो ।


भव्यताका साथ संविधान दिवश मनाएको प्रमुख प्रशासकिय अधिकृत राजकुमार केसीेले जनकारी दिनुभयो । केसीेले देशका नागरिकहरुले गरेको त्याग, बलिदानी र संर्घषबाट प्राप्त भएको संविधानलाई संस्थागत विकास र नागरिकलाई पूर्ण प्रत्याभुति गराउन जरुरी रहेको बताउनुभयो ।
कार्यक्रममा वडा ११ का अध्यक्ष खडग नारायण उँरावले संविधान दिवशका बारेमा बोल्नुभएको थियो । उँरावले संविधान कार्यान्वयनमा जोड दिनुभयो । दुहबी नगर उप–प्रमुख मेनुका पोखरेल खतिवडाले संविधानका बारेमा बोल्दै यसको संस्थागत कार्यान्वयन गर्नुमापर्नेमा जोड दिएका थिए ।


त्यसैगरी जिल्लाको हरिनगर गाउँपालिकामा बुधबार प्रभातफेरी गरिएको छ । हरिनगर गाउँपालिकाको आयोजनामा हरिनगरा बजारमा प्रभावतफेरी निकालिएको हो ।


प्रभातफेरी पछि कोण सभा समेत गरिएको प्रमुख प्रशासकिय अधिकृत गाउँपालिकाका अध्यक्ष गफार अंसारी मियाँले जानकारी दिनुभयो । कोणसभामा गाउँपालिकाका अध्यक्ष गफार अंसारी मियाँ, उपाध्यक्ष रिमझिम भगत, वडा अध्यक्षहरु लगायतकाले संविधान दिवशकोे बारेमा बोल्नुभएको थियो ।

यसैगरी वराहक्षेत्र नगरपालिकाले विभिन्न जातिका मौलिक, सांस्कृतिक प्रस्तुति सहित झाँकी सहितको प्रभात फेरी कार्यक्रम आयोजना गरेर संविधान दिवस मनाइएको छ ।
बुधवार नगर प्रमुख रमेश कार्कीको संयोजकत्वमा ब्यानर तथा सांस्कृतिक झाँकी सहित प्रभात फेरी कार्यक्रम समेत आयोजना गरिएको थियो । वराहक्षेत्र नगरपालिकाले संविधान दिवसको अवसरमा मङ्गलवार बिहान ११ वटै वडामा वृहत् सरसफाइ र साँझ दीप प्रज्वलन गरेको थियो ।


साथै सुनसरीको सीमावर्ती भोक्राहा नरसिंह गाउँपालिकामा स्काउट ट्फले संविधान दिवसको अवसरमा बुधबार वृक्षारोपण गरेको छ । भोक्राहा नरसिंह गाउँपालिका ७ मा रहेको नरसिंहनाथ महादेव बाबा शिवालायमा वृक्षारोपण गरी संविधान दिवस मनाइएको हो ।


सरस्वती माध्यमिक विद्यालय इनरुवा ९ बबियाको सरस्वती स्काउट ट्फको अध्यक्ष सितल यादवको अध्यक्षतामा भएको वृक्षारोपण कार्यक्रममा सरस्वती स्काउस्काउटका सम्पूर्ण विद्यार्थी, सञ्चारकर्मी र नागरिकहरुको सहितको सहभागिता रहेको थियो ।
यसैगरि बर्जु गाँउपालिकामा पनि प्रभातफेरी निकाली विभिन्न स्थानमा वृक्षारोपण गरिएको गाँउपालिका अध्यक्ष जिबक्ष रायले जानकारी दिनुभयो


यसैक्रममा भोक्राहा नरसिँह गाउँपालिकाले एक भब्य समारोह बिच संबिधान दिवस अबसरमा प्रभात फेरी तथा झण्डोतोलन कार्यक्रम सम्पन गरिएको गाउँपालिकाका अध्यक्ष अजमल अख्तर मियाँले जानकारी दिनुभयो ।


त्यसैगरी गढी गाउँपालिकामा समेत संविधान दिवशको अवसरमा विषेश कार्यक्रम गरिएको प्रमुख प्रशासकिय अधिकृत शम्भु प्रसाद पौडेलले जानकारी दिनुभयो ।