दुहवीमा छैठौं श्री गणेश चतुर्थी महोत्सव हुँने

भाद्र ३० गते । हिन्दु धर्मावलम्बीहरुले मनाउँने गणेश चतुर्थी तथा महिलाहरुको महान् पर्व तीजको शुभ अवसरमा सुनसरीको दुहवीमा छैठौं संस्करणको श्री गणेश चतुर्थी महोत्सव हुने भएको छ ।

दुहवी नगरपालिका वडा नं. ५ स्थित श्री गणेश पुजा समिति दुहवीको आयोजनामा यहि २०८० साल असोज २ गते देखि ३ गते सम्म श्री गणेश चतुर्थी महोत्सव हुँने भएको हो ।

आज शनिवार पत्रकार सम्मेलन मार्फत श्री गणेश चतुर्थी महोत्सव पुजा आयोजक समितिका रंजित गोश्वामीले जानकारी दिएका छन ।

दुहबी नगरपालिका वडा नं. ५ मा पाच वर्ष मनाउदै आएको श्री गणेश चतुर्थी महोत्सव यस वर्ष पनि मनाउनका लागी एक महिना अघि देखी श्री गणेश पुजा समिति दुहवीका समितीले तयारीमा जुटेको आयोजित पत्रकार सम्मेलनमा बताएका हुन् ।
गणेश पुजा समितिका संस्थापक रहनुभएका राकेश मुन्धडाले यहि भाद्र २ गते मंगलबार देखि पुजा शुभारम्भ तथा प्रसाद ग्रहण हुँने साथै दुइ दिन सम्म बिहान र बेलुकी पुजा आरती र भजन संध्याको कार्यक्रम रहँने बताउनुभयो ।
मुन्धडाले उक्त महोत्सवमा आकर्षकको शुद्ध घिउको १०१ केजीको लड्डु भोग लगाउने र भगवान श्री गणेश को ११ फीट को प्रतिमा स्थापना गर्ने बताए ।

सो महोत्सवमा आकर्षकको रुपमा भारतको कोलकताकी नेहा सिंह राजपुत साथै बिहार कटिहारका धिरज सिंह राजपुत र नेपालका ३ कलाकार गरी ५ जना ख्याती प्राप्त कलाकारहरुबाट भजन संध्या प्रस्तुत गर्ने मुन्धडाले बताउनुभएको छ ।
हुन गईहरेको महोत्सवमा आयोजकले ५ हजार सम्म भक्तजनहरु सहभागि हुने अनुमान गरेको र उक्त महोत्सवलाई सफल गराउन महोत्सवलाइ भव्यरुपमा सम्पन्न गर्नकालागि राकेश मुन्दडा, मोनु कुमार साह, रितेश साह, रञ्जित गोस्वामी लगायत १०० देखि १५० जना युवा स्वयम सेवकहरुले अहोरात्र खटने बताए ।

पूजा समिति संरक्षक मुन्द्रा ले हरेक साल लाखौंको संरचना बनाउने र तोड्ने हुने गर्दा ठूलो धनराशी को नोक्सान बेहोर्नु पर्ने बाध्यतालाई दूर गर्न दुहबीमा गणेश मन्दिर को स्थापना र त्यही स्थायी रुपमा पूजा गर्ने वातावरण मिलाउन लागिरहेको र यसमा स्थानिय सरकार संग थप पहल गर्ने बताए ।

उक्त श्री गणेश चतुर्थी महोत्सव भाद्र ४ गते बिहिबारका दिन दुहवी नगर परिक्रमा गरेर दुहवीको बुढी खोलामा मुर्ती बिर्षजन हुने आयोजकले जनाएको छ ।

आज भएको पत्रकार सम्मेलनमा इलाका प्रहरी कार्यालय दुहवी, शशस्त्र प्रहरी बल दुहवी, ट्राफिक प्रहरी पोष्ट दुहवी, दुहवी नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष घनश्याम हलुवाई,समाजसेवी, पत्रकार लगाएतको सहभागीता रहेको थियो ।