बलात्कार पिंडित महिला न्यायकोलागि भौतारिदैं

। सुनसरीको दुहबीकी एक महिलालाई इटहरीका एक युवाले बलात्कार गरेर फरार भएका छन ।

इलाका प्रहरी कार्यालय दुहबीमा १५ दिन अगाडी पिडित महिलाले किटानी सहितको उजुरी दर्ता गरेपनि अहिलेसम्म इटहरी १३ का जितेन्द्र शर्मालाइ प्रहरीले पक्राउ नगरेको भन्दै न्यायकोलागि भौतारिएको पीडितले गुनासो गरेकी छिन ।

सुनसरीको दुहवी नगरपालिकाकी २४ वर्षिय महिलाले आफू बलात्कार पींडित भएको र न्यायका लागि प्रहरीमा गएको अधारमा धाकधम्की दिएको गुनासो गरेकि छिन । ती महिलाले इलाका प्रहरी कार्यालय दुहवीमा भदौं १२ गते जाहेरी दिएदेखी नै धाकधम्की आएको गुनासो पोखेकि हुन ।

भदौं १२ गतेदेखी जितेन्द्र शर्माका दाजु दिलिप शर्मा, बुवा देवकुमार शर्मा सहित राजनीतिक दलका नेताहरु समेतले धाकधम्की सहित सो घटना मिलापत्र गर्न दवाव दिदैं मुद्धा फिर्ता लिन र आफूलाई नराम्रो मान्छै भन्दै गालीगजौज सहित धाकधम्की दिदै आएकाले आफु थप असुरक्षीत भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता(डिएसपि)नविनकृष्ण भण्डारी, इलाका प्रहरी कार्यालय दुहबीका प्रहरी निरीक्षक मोहन पोखरेल,दुहबीका जनप्रतिनिधि र संचारकर्मीहरु समक्ष रुदैं न्यायकोलागि हारगुहार गरिन ।

इलाका प्रहरी कार्यालय दुहबी मुद्दा फाँटका केहि प्रहरी  घटना सामसुम पार्न बलात्कार भएको एक महिना सम्म जाहेरी लिन नमानेको र आफुलाइनै नराम्रो भन्दै घटनाको मिलापत्रकोलागि पटक–पटक मानसिक यातना दिदैं आएको उनले गुनासो पोखिन । पींडित महिलाका अनुसार आरोपित जितेन्द्र शर्मालाइ उनका दाजु दिलिप शर्माले लुकाइ छिपाइ राखेको उजुरीमा समेत उल्लेख गरेकोले दिलिप शर्मालाइ छानविन गरे मात्र जितेन्द्र शर्मा पक्राउ पर्ने दाबी गरिन ।

महिलाले आफूलाई बलात्कार भएकोमा जबरजस्ती करणी मुलुकी अपराध संहिता २०७४ को धारा २१९ बमोजिम कार्वाहीको माग गर्दै जाहेरी दर्ता भएकोले सुनसरी जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएकोले आरोपित जितेन्द्र शर्माको खोजी कार्य भईरहेको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक मोहन पोखरेलले जानकारी दिए ।

उता प्रहरीले पीडितको सुरक्षा र दोषीलाई कार्वाही गर्ने प्रहरीको दायित्व भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता(डिएसपि)नविनकृष्ण भण्डारीले पिडींत महिलालाइ न्याय दिलाउने प्रतिबद्धता जाहेर गरेका छन