सामुहिक लुटपाटमा संलग्न ६ जना लुटेरा सार्वजनिक

भाद्र २४ गते । मोरङ प्रहरीले सामुहिक लुटपाटमा संलग्न ६ जना लुटेराहरुलाई पक्राउ गरि सार्वजनिक छ ।

कोशी प्रदेशका प्रहरी प्रमुख डिआइजी राजेशनाथ बास्तोलाको उपस्थितिमा मोरङ प्रहरीले आइतबार पत्रकार सम्मेलन गरेर सामुहिक लुटपाटमा संलग्न ६ जना लुटेरालाई सार्वजनिक गरेको हो ।
मोरङ प्रहरीले सामुहिक लुटपाट गिरोहमा संलग्न लुटेराहरुले प्रयोग गर्ने गरेको मोटरसाईकल, हातहतियार समेत पत्रकार सम्मेलनमा सार्वजनिक गरेका छन् ।

यस्तै उनीहरूको साथबाट १ लाख ७५ हजार नेपाली रुपैयाँ, ११ हजार ६ सय भारतीय रुपैयाँ समेत बरामद भएको छ । मोरङ प्रहरी प्रमुख प्रहरी उपरीक्षक दीपक पोखरेलले अनुसार पक्राउ परेको गिरोह श्रृङ्खलाबद्ध लुटपाटमा संलग्न रहेको खुलेको बताए ।

भाद्र २२ गते रातको ११ः३३ बजे बुढिगंगा गाउँपालिकाको वडा नं. ५ अन्तर्गत कोयलपुर क्षेत्रमा पैदल हिडिरहेका ३ जना व्यक्तिलाई लुटपाट गर्न खोजेको प्रहरी समक्ष आएको सूचनाको आधारमा मोरङ प्रहरीले नहर सडक खण्डबाट ६ जना लुटेरालाई पक्राउ गर्न सफल भएका थिए ।

यसैगरी सुनसरीको इलाका प्रहरी कार्यालय दुहबीबाट खटिएका २ जना प्रहरीमाथि बर्जू–१ मा शुक्रवार बिहानका राति सो समूहले आक्रमण गरेको थियो ।
मोरङ प्रहरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दिपक पोखरेलले पत्रकार सम्मेलन मार्फत लुटपाटमा संलग्न दुहवी नगरपालिका–४ का नसुदिन मिया, दुहवी–१ का अलिम मुर्तुजा, दुहवी–६ का मो.आलम, बुढिगंगा गाउँपालिका वडा नं.–४ का रिजवान मिया, बुढिगंगा गाउँपालिका वडा नं.–५ का नजरुल मिया, बुढिगंगा गाउँपालिका वडा नं.–४ का सिजाम आलमलाई पक्राउ गरेको जानकारी गराए ।
प्रहरी उपरीक्षक पोखरेलले ईलाका प्रहरी कार्यालय दुहवीसँग सहकार्य गरेर सामुहिक लुटपाटमा संलग्न मोरङ र सुनसरीका लुटेराहरुलाई पक्राउ गर्न सफल भएको बताए ।