लागुऔषध ब्राउनसुगर सहित २ जना पक्राउ

। मोरङको रङगेली नगरपालिका-४ बाट प्रतिबन्धित लागुऔषध ब्राउनसुगर सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा पथरी शनिश्चरे नगरपालिका-८ का १९ बर्षीय पर्वत लिम्बु र बेलवारी नगरपालिका-८ का २६ बर्षीय सन्दिप कार्की रहेका छन् । बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय रङगेलीबाट खटिएको प्रहरी टोलीले रङगेली-४ चोप्राहाबाट शुक्रवार राती पक्राउ गरेको हो ।
उनिहरुको साथबाट प्रहरीले १३०० मिलिग्राम लागुऔषध ब्राउनसुगर बरामद गरेको र घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।