प्रत्येक वर्ष दुहवीमा निकालिदै आएको ऐतिहासिक राधाकृष्ण रथ यात्राको सबै तयारी पुरा

प्रत्येक वर्ष दुहवीमा निकालिदै आएको ऐतिहासिक राधाकृष्ण रथ यात्राको सबै तयारी पुरा भएको छ ।

आज मध्याह्र पछि रथ यात्रा निकालिने तयारी पुरा भएको हो । यो वर्षको राधाकृष्ण रथ यात्रामा यादव सेवा समिति समेत भव्यताका साथ सहभागी हुने भएको छ ।

दुहबीस्थित राधाकृष्ण मन्दिरबाट प्रत्येक वर्ष श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट रथयात्रा निकालिने गरिन्छ । श्री राधाकृष्ण रथ यात्रा समारोह समितिले रथ यात्राको तयारी गरेर नगरपरिक्रमा गर्ने जानकारी दिएको छ। यादव सेवा समिति दुहवीका अध्यक्ष गोविन्द यादवले रथयात्रा मा विगतमा पनि सहभागी हुदै आएको मा यसपाली आफ्नो जातिय सहभागिता संस्थागत रुपमा गराउँदै रथयात्रा मा झाकि र बालबालिका लाइ राधाकृष्ण जस्तै सिगारिएर सहभागी हुने तयारी गरेको जनाएको छ । यादव सेवा समिति का तर्फ बाट रथ यात्रामा सहभागी हुनेहरु टि सर्ट आफ्नो मौलिक पहिचानको साथ सहभागी हुने सल्लाहकार आषिशकुमार यादवले जानकारी दिनुभयो ।


तस्बिरमा नेपाल यादव सेवा समिति दुहवीले टि सर्ट सार्वजनिक ग