दुहवीमा श्री कृष्ण जन्माष्टमी महोत्सवको तयारी पुरा

भाद्र १८ गते । सुनसरीको दुहवीमा श्री कृष्ण जन्माष्टमी महोत्सवको तयारी पुरा भएको छ ।

आज सोमबार दुहबीको श्री राधा कृष्ण मन्दिरमा पत्रकार सम्मेलनको आयोजना गरी भदौं २० र २१ गते हुन लागेको श्री कृष्ण जन्माष्टमी पूजा महोत्सवको तयारी पुरा भएको श्री कृष्ण जन्माष्टमी पुजा एवम् रथ यात्रा महोत्सव समितिको अध्यक्ष पंकज हलुवाईले जानकारी दिएका छन् ।

दुहवी नगरपालिका वडा नं. ६ मा रहेको ऐतिहासीक श्री राधाकृष्ण मन्दिरमा विगत वि.स.२०४१ साल देखि मनाउदै आइरहेको श्री कृष्ण जन्माष्टमी पूजा महोत्सव यस वर्ष ३९ औं संस्करणमा प्रवेश गरी हर्षोल्लास तथा भब्यताका साथ मनाउनका लागी एक महिना अघि देखी श्री राधा कृष्ण मन्दिर दुहबीका मूल समितीले तयारीमा जुटेको आयोजित पत्रकार सम्मेलनमा जनाएका हुन् ।

कृष्ण जन्माष्टमी महोत्सवलाई सफलता पूर्वक सफल बनाउनका लागी १२ वटा उपसमितिहरु बनाएका छन् महोत्सवमा विभिन्न जातजातिहरुले झाँकी समेत प्रदर्शन गर्ने, दुहबी बजार देखी ७ किलोमिटर सम्म रथ यात्रा परिक्रमा गर्ने, पचास हजार भन्दा बढीको भक्तजनहरुलाई रथयात्रामा सहभागी हुने श्री राधा कृष्ण मन्दिरको संचालक समितिको अध्यक्ष रमेश रौनियारले बताएका छन् ।

सुनसरीको दुहबीमा भव्यक्ताका साथ मनाउदै आएको कृष्ण जन्माष्टमी मोहत्सव यस वर्ष पनि हजारौं भक्तजनहरुलाई रथयात्रा परिक्रमा सहभागी गराई महोत्सव सुसम्पन्न गर्ने बिश्वास पत्रकार सम्मेलन आयोजक समितिले ब्यक्त गरें । महोत्सवको दिन रथयात्रामा हजारौं हिन्दु धर्मावलम्बीहरुको सहभागिता हुने भएकोले सुरक्षा ब्यवस्था कडा गरीने भएकोले कसैलाई डराउनु पर्ने श्री राधा कृष्ण मन्दिरको संचालक समितिको अध्यक्ष रमेश रौनियारले बताउदै निर्धक्क रथयात्रामा सहभागी हुन आग्रह समेत गरेका छन् ।

कृष्ण जन्माष्टी महोत्सवको कार्यक्रम भदौं २० र २१ गते भजन किर्तन सहितको कलाकारहरुबाट भजन किर्तन हुने र प्रसाद वितरण हुने, २१ गते बिहान ८ बजे जन्माष्टमी महोत्सव मोटरसाईकल ¥याली र दिनको ३ बजे देखि श्री कृष्ण रथयात्रा तथा जन्माष्टमी महोत्सव मेला सुरु हुने आयोजकले कार्यक्रम सार्वजनिक गरी बताएका छन् ।

श्री कृष्ण जन्माष्टमी पूजा महोत्सव समितिमा अध्यक्ष अध्यक्ष पंकज कुमार हलुवाइ, उपाध्यक्ष मुकेश हलुवाई, सचिव चन्दन बैठा, सह–सचिव कल्पना श्रेष्ठ, कोषाध्यक्ष हरी नारायण ठाकुर, सह–कोषाध्क्ष प्रविन अग्रहरी, सदस्यहरु अजय खत्वे, भोला मण्डल, योगेन्द्र झा, मनोज रौनियार, कृष्ण कलवार, प्रेम हलुवाई, अभिशेक हलवाई, सुवास पासमान, जिवन हलुवाई, विनोद साह, रितीक रौनियार, तिरलोकी भगत, सोनु अग्रहरी, अभिशेक मण्डल, राकेश हलुवाई, शिवा हलुवाई, हेम नारायण यादव, अर्जुन हलुवाई, राहुल भगत, विकाश गोस्वामी, गंगा हलवाई, अमित बरही, नवीन रौनियार साथै सल्लाहकारहरु दुहवी नगरपालिका, इ. प्र. का. दुहवी, सशस्त्र प्रहरी बल, अस्थायी ट्राफिक बिट, रमेश कुमार रौनियार, घनश्याम हलुवाई, गोबिन्द अग्रवाल, हरीकृष्ण डांगा, जीवन थापा, पुरणमल अग्रवाल, गुलाब अग्रवाल, उमेश गोस्वामी, राकेश मुन्द्रा, मिथुन चौधरी, रामाशंकर हलुवाई रहेका छन् ् ।