दुहवीमा विद्युतको ३८ औ वार्षिक उत्सब कार्यक्रम

। नेपाल विद्युत प्राधिकरण दुहवी वितरण केन्द्रले शुक्रबार यहाँ विद्युतको बार्षिक उत्सव कार्यक्रम गरि मनाएको छ ।

‘विद्युत दुर्घटनाबाट बच्न सचेत रहौ , समृद्धिको लागि विधुतको सदुपयोग गरौं’ भन्ने मूल नाराका साथ विद्युतको बार्षिक उत्सव कार्यक्रम गरि मनाएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्राधिकरणका कोशी निर्देशक उमेश कुमार झाले सबै ग्राहकलाई आनुभुती हुने गरि प्राधिकरणले काम गरेको बताउनुभयो ।

नेपाल विद्युत प्राधिकरण दुहवी वितरण केन्द्रका प्रमुख रामउदगार साहले दुहवीका तीन ठूला उधोगहरु सबै भन्दा बढी विधुत उपभोग गरि सबै भन्दा बढी महसुल समेत बुझाउदै आएको जानकारी दिनुभयो ।
प्रमुख साहले दिनुभएको जानकारी अनुसार पशुपती आईरनले ४२ करोड १७ लाख २५ हजार ९७१ रुपियाँ बढी विधुत महसुल बुझाउदै आएको छ । त्यसैगरी स्वास्तिकले ३२ करोड ७९ लाख ६४ हजार ५७९ रुपियाँ र प्रिमएर स्टिल प्रालिले ३० करोड १२ लाख ७४ हजार ८३८ रुपियाँ बराबरको विधुत उपभोग गरिरहेको जानकारी दिनुभयो ।

वार्षिक उत्सवको अवसरमा दुहवी वितरण केन्द्रद्वारा पशुपति आइरन एण्ड स्टिललाई बढी बिधुत खपत गरेबापत प्रबन्धक संजय शर्मा लाई प्राधिकरणले सम्मान गरेको थियो ।

दुहवी वितरण केन्द्रले दुई हजार ७४० ग्राहकलाई सेवा प्रवाह गर्दै आएको छ । केन्द्रले ३३ केभी दुहवी औधोगिक फिडरलाई क्षमता वृद्धि गरिएको छ ।

कार्यक्रममा राष्ट्रिय कर्मचारी युनियनका कोशी अध्यक्ष ई.सत्रुधन यादवले समेत प्राधिकरणको कार्य सम्पादन निकै सुर्धेको र त्यसको लाभ नागरिक उपभोक्ता लिन पाएको बताउनुभयो ।