नेपाल प्रेस युनियन सुनसरीको दोस्रो मासिक बैठक सम्पन्न

। नेपाल प्रेस युनियन जिल्ला कार्यसमिति सुनसरीको दोस्रो मासिक बैठक बराहक्षेत्रमा सम्पन्न भएको हो ।
नेपाल प्रेस युनियन जिल्ला कार्यसमितिको नियमित मासिक बैठक अन्तर्गत असारमा पहिलो बैठक हरिनगर गाउँपालिकामा भएको थियो भने दोस्रो बैठक बुधबार बराहक्षेत्र नगरपालिका वडा नं–६ स्थित नेपाल रेडक्रस सोसाईटीको सभा हल चक्रघट्टिमा एक कार्यक्रम गरी आयोजना गरिएको हो ।
सो कार्यक्रममा युनियनको नयाँ कार्यसमितिको तर्फबाट नयाँ बैंक खाता खोल्न अध्यक्ष, कोषाध्यक्ष तथा सचिवको संयुक्त रुपमा खाता सञ्चालन गर्न तिनै जनाको संयुक्त हस्ताक्षर हुनुपर्ने प्रस्ताव पारित गर्नुभयो । तथा प्रेस युनियनको लोगो अंकित नयाँ परिचय पत्र पनि युनियनका सबै पदाधिकारीहरुलाई वितरण समेत गरिएको हो । त्यसैगरी कार्यक्रममा बराहक्षेत्रका नगर प्रमुख रमेश कार्कीद्वारा नेपाल प्रेस युनियनका वर्तमान समापति धुब्र ढकालसहित सम्पूर्ण कार्यसमितिलाई नोट बुक सहित खाद्यमाला ओढाएर सम्मान समेत गर्नुभयो ।
सोही क्रममा नगरप्रमुख कार्कीले कार्यक्रममा आफ्नो मन्तव्य राख्दै नेपाल प्रेस युनियन जिल्ला कार्यसमिति सुनसरीलाई बराहक्षेत्र नगरपालिकामा स्वागत गर्दै सुनसरीमा प्रेस युनियनलाई अझै सक्रिय भएर लाग्नुपर्ने सुझाव समेत दिनुभयो ।