विरोधका बीचमा भव्यताका साथ नेपाल मुस्लिम संघ सुनसरीको जिल्ला अधिवेशन सम्पन्न

नेपाली कांग्रेसको भातृ सस्था नेपाल मुस्लिम संघ सुनसरीको जिल्ला अधिवेशन सम्पन्न भएको छ ।

नेपाल मुस्लिम संघ सुनसरीका अध्यक्ष अजमल अख्तर आजादको विरोधका बीचमा जिल्ला अधिवेशन सम्पन्न भएको हो ।

संघको अधिवेशन अवैधानिक भएको आजानको दावी रहेको छ । तर नेपाल मुस्लिम संघ सुनसरीको जिल्ला अधिवेशनको बुधबार नेपाली कांग्रेसका केन्द्रिय सह–महामन्त्री फरमूल्लाह मन्सुरको प्रमुख आतिथ्यमा नेपाली काग्रेंस पार्टी कार्यालय इनरुवाको जि.पी.कोईराला स्मृति प्रतिष्ठानको सभाहलमा भव्यताका साथ सम्पन्न भएको छ ।

नेपाल मुस्लिम संघको कार्यक्रममा पार्टीका केन्द्रियदेखी प्रदेश तथा स्थानीय नेताहरुको उपस्थितीमा जिल्ला अधिवेशन सम्पन्न भएको जनाएको छ । विरोधको लागि विरोध भनाई सकारात्मक सोचका साथ अगाडि बढ्नुपर्ने सारेकारबालाहरुले बताएका छन् । अधिवेशनबाट नयाँ नेतृत्व चयन गर्ने संघका नईम अंसारीले जानकारी दिनुभयो ।