जिल्ला अस्तपाल सुनसरीमा सुधार गर्न ज्ञापन पत्र

साउन २८ गते । जिल्ला अस्तपाल सुनसरीमा बाहिरको किल्निकहरु र बिचौलियाको प्रवेश रोक्न माग गर्दै इनरुवा नगरपालिका क्षेत्रका स्थानीयहरु तथा अस्पताल सुधार संर्घष समितिले ज्ञापन पत्र बुझाएको छ ।

जिल्ला अस्तपाल सुनसरी इनरुवामा बाहिरको किल्निकहरुका सञ्चालक र बिचौलियाको अनाधिकृत प्रवेशमा रोक लगाउनुपर्ने, विपन्न, जेष्ठ नागरिकलाई दिनुपर्ने निशुल्क सेवा पारदर्शि रुपमा दिनुपर्ने, एम्बुलेनस सेवा प्रभावकारी र त्यसको नाममा हुने ठगी रोक्नुपर्ने सहितको पाँच बुदे माग गर्दै ज्ञापन पत्र बुझाएको हो ।

इनरुवा नगरपालिकाका स्थानीयहरु तथा अस्पताल सुधार संर्घष समितिले बुझाएको ज्ञापन पत्र बुझादै जिल्ला अस्तपाल सुनसरीका निमित प्रमुख डा. देवराज घिमिरेले आफू आएदेखी बाहिरको किल्निकहरु र बिचौलियाको प्रवेश रोक्न प्रयास भएको र केही अझै रहेको भए त्यसमा निगरानी गर्ने, निशुल्क औषधी खरिद नै माथिबाट हुने भएकाले बेलाबखतमा नपाएको, सहुलियतको सेवा नियमित प्रवाह गरेको दावी गर्नुभयो ।