मतदाताले दिएको हौसलाले उम्मेदवार बनेको हुँ, जित सुनिश्चित छः दिपेन्द्र

दुहबी खानेपानी मुल उपभोक्ता समितिको निर्वाचनमा स्वतन्त्रबाट सचिब पदका उम्मेदवार हिरामणि प्रसाद ढकाल (दिपेन्द्रले) जित सुनिश्चित रहेको बताएका छन् ।

उनले चुनाव जितेमा आफू दुहबी खानेपानीमा देखिएका बेतेथी लाई चिर्दै यहाका आम नागरिक लाई सुद्ध खानेपानी तथा खानेपानीको हाहाकार लाई अन्त्य गर्ने बताए ।

दिपेन्द्रले आफ्नो स्वतन्त्र उमेदवारी रहेको र कुनैपनि दलिय राजनैतिक भागबन्डामा आबद्धता नभएकाले मतदाताहरुले आफ्नो अमुलिय मत दिएर मलाई निर्वाचित गराउने बचनबद्धता प्राप्त भएकोले आफु निर्वाचित हुने बताउनुभयो ।
उनले आफु निर्वाचित भएपछि गर्व गर्न लायक काम परिवर्तन र पारिदर्शिताको लागि दुहबी खानेपानी मुल उपभोक्ता समितिमा आफ्नो कार्यकाल अबधिमा गर्ने दाबी गरेका छन् ।

‘एउटै व्यक्ति लामो समयसम्म एउटै पदमा बस्दा दुहबीमा खानेपानी व्यवस्थापन राम्रो हुनको साटो खानेपानीको व्यवस्थापन कमजोर छ’, सचिब पदका उम्मेदवार दिपेन्द्रले भने– ‘त्यसमा सुधार गर्नको लागि मेरो उमेद्ववारी रहेको छ । मतदाताले त्यो सन्देश दिनेमा विश्वस्त छु ।’ विशेष गरेर आफुले उपभोक्ताले तिर्ने पानीको न्यूनतम शुल्क घटाउनेदेखि धारा जडान लाग्ने शुल्क कम गर्ने आफ्नो प्रतिबद्धता रहेको बताए ।

आफु निर्वाचित भएपछि दुहबी खानेपानी मुल उपभोक्ता समितिमा टाउको झुकाउन नपर्ने गरी सिधा आँखाले जनता र प्रतिपक्षका अगाडि कुरा गर्न सक्छौं, गर्व गर्न लायक काम गर्छु उनले भने’ ।