दुहबी खानेपानीको निर्वाचनमा रस्साकस्सी शुरु

साउन २४ गते । दुहबी खानेपानी मुल उपभोक्ता समितिको निर्वाचन यही साउन २७ गते हुने भएको छ । निर्वाचन हुने भएपछी खानेपानीको नेतृत्व कसले लिने भन्नेमा रस्साकस्सी शुरु भएको छ ।

लामो समयदेखि दुहबी खानेपानी मुल उपभोक्ता समितिको निर्वाचनको पर्खाईमा रहेका दुहबी वासी र राजनितिक दलहरु खानेपानी संस्थाको निर्वाचनलाई आगामी स्थानीय तहको निर्वाचनको अभ्यासको रुपमा समेत आकलन गरेका छन् ।

राजनीतिक दलहरुले आआफ्नो समर्थनमा प्यानल नै खडा गरेर खानेपानीको निर्वाचनमा होमिएका हुन् । यो निर्वाचनलाई पार्टीको अस्तित्वको रुपमा हेरिएको छ ।

निर्वाचनका लागि लोकतान्त्रिक प्यानल नेकपा एमाले,जनता समाजवादी पार्टीै र कांग्रेस,माओबादी सम्मिलित संयुक्त प्यानलसंग चुनाबमा भिड्दै छन् ।

संयुक्त प्यानलबाट नेपाली कांग्रेसले अध्यक्षमा इन्जिनियर जिबन थापा ,उपाध्यक्ष खेम नारायण चौधरी, सचिवमा नारायण कार्कि ,कोषाध्यक्ष पदका लागी संतोष रौनियार,सदस्य ४ पुरुषका लागी गिरिधारी साह, सुरज दाहाल ,राजेश्वर मण्डल र बिमल पौदार छन । महिला सदस्यमा सरिता माझि, बबिता चौधरी र कल्पना श्रेस्ठ लाई उम्मेदवार बनाएको छ ।

यस्तै नेपाल कम्युनिष्ट पार्टी एमाले,संघिय समाजबादीले अध्यक्षका लागि उमेश गोसाइ ,उपाध्यक्ष संतोष बराल ,राकेश डागि, र नेत्र मगर,बद्री बिस्वास, सचिवमा माधव भन्डारी, हरि भट्टराइ र रजनी शाहि कोसाध्यक्ष पदका उमेद्वार रहेका छन ।

इन्जिनियर जिबन थापाको समुहमा नेपाली कांग्रेसको समर्थनमा उपाध्यक्ष सहित १० जना उमेदवार छन भने उमेश गोसाइको समुहमा पनि जसपा र एमालेको समानान्तर १०जनाको समुह छ । ११ जनाको समिति चयनका लागी ३ दर्जन भन्दा बढिले उमेद्वारी दिएका छन ।

दुहबी खानेपानीको समस्या दिघकालिन समाधान गर्न र समितिलाइ बिधान अनुसार चलायमान गराउन आउने पदाधिकारीहरुको जिम्बेवारी हुने छ । इन्जिनियर जिबन थापालाइ काँग्रेस सहितको समर्थन रहेको हुदा जित सुनिस्चित जस्तै रहेको आम मतदाताहरुको ठहर छ ।