गर्मि बढेसंगैे नमस्ते झरनामा पर्यटकको घुइचो

श्रावन २३ गते । अत्यधिक गर्मि बढेसंगै आन्तरिक तथा वाह्य पर्यटकको धनकुटा जिल्लाको सागुँरीगढी गाउँपालिका अवस्थित रहेको नमस्ते झरनामा घुइचो लाग्न थालेको छ ।

सागुरीगढी गाउँपालिकाको भेडेटारको चीसो हावा लिएपछिको आन्तरिक तथा वाहिय पर्यटकको प्रमुख रोजाईको गन्तव्य नै नमस्ते झरना हुने गरेको हो ।

 

सागुरीगढी गाउँपालिका र कोशी प्रदेश सरकारले पर्यटन पूर्वाधारसँगै सडक निर्माण गरेपछि झरना पुग्ने पर्यटकको संख्यामा वृद्धि आएको साँगुरीगढी गाउँपालिकाका स्थानीय भुपेन्द्र राईले बताए ।

अग्लो भिरबाट पानी खसेको रोमान्चित दृश्यमा रमाउन अहिले यो झरनामा पर्यटक आउने क्रम बढेको छ । रमणीय जङ्गलका बीचमा रहेको झरना वरिपरि जङ्गली जनावर र पशुपक्षी समेतको बासस्थान रही आएको छ ।

सुनसरीमा अत्याधिक गर्मी भएपछि सुनसरीबाट स–परिवार भेडेटार पुगेका आयुष यादव केही क्षण भेडेटारको विश्राम पश्चात नमस्ते झर्ना पुगेको बताउनुभयो ।

विगतमा आन्तरिक पर्यटक मात्र आउने गरेको नमस्ते झरनामा पछिल्लो समय नेपालको छिमेकी मुलुक भारतबाट पर्यटक समेत आउने गरेको सागुरीगढी गाउँपालिकाका स्थानीय मुकेश लिम्बुले बताए ।

लिम्बुले दिन प्रतिदिन नमस्ते झरनाको चर्चा चुलिदै गएको र चर्चा चुलिदै गएका कारण विगतमा आन्तरिक पर्यटक मात्र आउने भएपनि पछिल्लो समय भारतदेखिका पर्यटकहरु भेडेटार पुग्नेवित्तिकै नमस्ते झरना पुग्ने गरेको उनी बताउँछन् ।

सामाजिक सञ्जाल र टिकटकमा भाइरल भएपछि झरना हेर्न आउनेको सङ्ख्या दैनिक बढिरहेको देख्न सकिन्छ ।
तल फेदबाट माथि हेर्दा फिल्ममा देखिने झरनाजस्तै भएकाले नमस्ते झरना हेर्न आउनेको सङ्ख्या दैनिकजसो बढिरहेको समेत उनले बताए ।

अन्य दिनभन्दा छुट्टिका दिनमा यहाँ घुम्न आउनेको सङ्ख्या बढी हुने गरेको पाइएको छ भने किशोरकिशोरी र युवा समूहले बढी अवलोकन गर्ने गरेका स्थानीयवासीको भनाइ रहेको छ ।

विशेषगरी शनिबार र सार्वजनिक बिदाको दिन झरना हेर्ने, जलविहार गर्न आउनेको कारण उक्त क्षेत्रमा सवारीसाधन जाम समेत हुने गरेको स्थानीय मिलन राईले बताए ।

यस झरनाको प्रचार–प्रसार र आवश्यक भौतिक पूर्वाधार निर्माण भएकोमा थप भौतिक पूर्वाधार निर्माण गर्नु पर्ने राईले तर्क गरे ।
झरनाले पर्यटन प्रवद्र्धनका लागि यस क्षेत्रका बासिन्दाको आय–आर्जनमा समेत टेवा पुग्नेको कला, संस्कृतिको जगेर्नामा आफुहरु सक्रिय रुपले अगाडी बढेको राईको धारणा रहेको छ ।

झरनाकै कारण यस क्षेत्रमा आर्थिक चहलपहल समेत निकै बढेको ६ बर्षको अवधिमा करिब एक दर्जन भन्दा बढी होटल खुलेका छन् । प्रत्येक होटलले दैनिक एक हजार देखि बीस हजार सम्म कारोवार गर्दै आएको स्थानीय होटल सञ्चालकहरुले बताउन् । पहिलेका तुलनामा होटलमा कारोवार फस्टाएपछि ब्यवसायी समेत निक्कै उत्साहित देखिएका छन् ।

झरनाको प्रवेशद्वार वरिपरी साना ठूला गरी एक दर्जनभन्दा बढी होटल तथा लज सञ्चालनमा रहेका छन् ।

भेडेटार बजारबाट करिब आठ किमि टाढा गए पछि नमस्ते झरना पुग्न सकिन्छ । धरान–धनकुटा सडकको उत्तर–पूर्वमा बग्ने सिसवा खोलाको शीरबाट झर्ने यो झरनालाई नमस्ते नाम दिइएको स्थानीय जानकारहरुको भनाई रहीआएको छ ।
त्यहाँ पुग्न कोशी राजमार्गको धरान–धनकुटा सडक खण्डबाट करिब दुई किलोमिटर पक्कि ढलान गरिएको खुड्किलो बाटो पैदल यात्रा तय गरेपछि नमस्ते झरना पुगिन्छ ।